वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

बारबर्दिया नगर स्तरिय मेयरकप फुटबल प्रतियोगिता सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, माघ १७, २०७५ ।    

बारबर्दिया,बर्दिया।
शहीद सप्ताहको सन्दर्भ पारेर बारबर्दिया नगरपालिकाले आयोजना गरेको नगर स्तरिय मेयर कप अन्तर मा.वि. फुटबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको छात्र तर्फ जनता मावि रम्मापुर र छात्रा तर्फ युवक मा.वि. जोगिगाउँ विजयी भएका छन।
प्रतियोगितामा विजयी हुने प्रथम टिमलाई नगद २५ हजार रुपैया, शिल्ड तथा प्रमाणपत्र, द्धितीय लाई नगद १५ हजार रुपैयाँ तथा प्रमाण पत्र,तृतीय लाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्र साथै सान्त्वना हुने टिम लाई नगद ५ हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरिएको थियो भने भाग लिने खेलाडी हरुलाई पदक तथा प्रमाण पत्र प्रदान गरिएको थियो । माघ ९ गते देखि सञ्चालन भएको उक्त प्रतियोगितामा बारबर्दिया नगर पालिका क्षेत्रका १५ वटा मा.वि. का २८ वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।
विजयी टीम तथा खेलाडीहरु लाई प्रदेश नं. ५ का सांसद तिलक राम शर्मा, नगर प्रमुख दुर्गा बहादुर थारु, प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थि विभिन्न वडाका वडाध्यक्षहरुले शिल्ड, पदक, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा सर्वाधिक गोल गर्ने छात्र तर्फ का खेलाडी युवक मा.वि. जोगिगाउँका दिपक कुमार थारु (६) गोल र छात्रा तर्फ सोही विद्यालय की निरमा चौधरी (५) गोल गरि उत्कृष्ठ भएका छन् । त्यसैगरि कम उमेरका खेलाडिहरुमा निरञ्जन चौधारी (१४ वर्ष) अन्जना चौधरी (१२ वर्ष) खेलाइी घोषित गरिएको छ । साथै वेष्ट डिफेन्डर मा विजया चौधरी, वेष्ट गोल रक्षकमा रामराज विष्ट अनुसाशित खेलाडिमा रमेश थारु र लक्ष्मी चौधरी र उत्कृष्ट खेलाडी मा मुकेश थारु र नम्रता चौधरी पुरस्कृत भएका छन् ।
समापन समारोह बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा बहादुर थारुको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्:


Loading...