वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

प्रश्नपत्र चोरी भए पछी बाँसगढीमा कक्षा ८ को परिक्षा स्थगित

        भावुक योगी   |   प्रकाशित मिति: शुक्रबार, चैत्र २, २०७४ ।    

भावुक योगी/बर्दिया ।
कक्षा ८ को प्रश्नपत्र चोरी भएपछि बर्दियाको बाँसगढी नगरपालिकामा परीक्षा स्थगित भएको छ । बिहीबार देखी संचालन गर्ने भनिएको कक्षा ८ को परीक्षा प्रश्नपत्र चोरी भएपछी स्थगित भएको हो । बाँसगढी नगरपालिकाको लालिगुँरास माध्यामिक विद्यालय माछागढको कार्यालयमा राखिएका प्रश्नपत्र चोरी भएपछि परीक्षा स्थगित गर्नु परेको विद्यालय निरीक्षक रविलाल निगारले बताए ।

प्रहरीले प्रश्नपत्र सहित विद्यार्थीहरुलाई पक्राउ गरेपछि प्रश्नपत्र चोरी भएको खुलेको हो । सबै विषयका दुईचार वटा प्रश्नपत्र चोरी भएपछी बाँसगढी नगरपालिकाका सम्पुर्ण विद्यालयमा कक्षा ८ को परिक्षा स्थगित भएको विद्यालय निरीक्षक निगारले बताए । प्रश्नपत्र चोरेको आशंकामा कक्षा ८ का चार जना र कक्षा ९ का एकजना गरी ५ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरीरहेको डिएसपी युवराज खडकाले बताए ।

यसअघि जिल्ला स्तरीय परिक्षा हुने गरीएकोमा यसवर्ष देखि स्थानिय तह अनुसार नगरस्तरीय परिक्षा संचालन भईरहेको छ । ६ नगरपालिका र २ गाउँपालिका रहेको बर्दियाका अन्य स्थानिय तहमा भने बिहिवार देखि परिक्षा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्: