वि.सं.   बुधबार, चैत्र १३, २०७५   तदनुसार  27 March 2019

बबई चेपाङले जित्यो प्रथम बाँसगढी मेयर कप फुटबल प्रतियोगिताको उपाधी

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५ ।    

बाँसगढी,बर्दिया।
प्रथम बाँसगढी मेयर कप वडा स्तरिय फुटवल प्रतियोगिताको उपाधि वडा नम्बर १, बबई चेपांगले जितेको छ । बाँसगढी नगरपालिकाको आयोजनामा बिहिबार भएको फाईनल खेलमा पेनाल्टी सुटआउट मार्फत ९ नम्बर वडालाई पराजित गर्दै १ नम्बर वडाले मेयर कप वडा स्तरिय फुटवलको उपाधि हात पारेका हो ।
खेलमा प्रथम हुने वडा नं १ बबई चेपांगले नगद ४५ हजार र द्वितिय भएको ९ नं वडाले नगद ३० हजार हात पारेका छन । त्यस्तै तृतिय हुँदै वडा नम्बर २ ले २० हजार नगद हात पारेको छ भने सान्त्वना स्वरुप नगद ७ हजार वडा नम्बर ६ प्राप्त गरेको छ । खेलमा प्रथम, द्धितिय, तृतिय र सान्तोना हुने वडाका टिमलाई नगद, शिल्ड, मेडल र प्रमाण पत्र नगरप्रमुख सालिकराम अधिकारीले वितरण गरेका थिए ।
नगर स्तरिय खेल समितिका संयोजक वडा नं १ का वडा अध्यक्ष जयराज पाण्डेको अध्यक्षतामा भएको समापन तथा पुरुस्कार बितरण कार्यक्रममा प्रथम मेयर कप सम्पन्न गर्न सहयोग पुर्‍याउने प्रशिक्षक लगायत बिभिन्न संघ संस्था व्यवस्थापक, वडा अध्यक्षहरुलाई मायाँको चिनो सहित सम्मान गएिको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...