वि.सं.   सोमवार, माघ ७, २०७५   तदनुसार  21 January 2019

बाँसगढीमा पौष २७ देखी माघ ८ गतेसम्म व्यापार मेला तथा माघ महोत्सव चल्दै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, पुस १५, २०७५ ।    

बाँसगढी, बर्दिया।
“कृषि, पर्यटन, उद्योग, व्यापार तथा सँस्कृतिको पहिचान, विकास र समृद्धिमा हामी सबैको अभियान” भन्ने मुल नाराका साथ बर्दियाको बाँसगढीमा माघीलाई मध्यनजर राख्दै यस वर्ष पनि वृहद व्यापार मेला तथा माघ महोत्सव हुने भएको छ । पौष २७ गतेदेखी माघ ८ गतेसम्म चल्ने तेस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया माघ महोत्सव-२०७५ को तयारीलाई अहिले तिब्र पारिएको छ।
बाँसगढी नगरपालिकाको संरक्षकत्व र बाँसगढी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको बर्दिया माघ महोत्सव २०७५ मा सुचना प्रविधी, शैक्षिक प्रदर्शनी, कृषि सामाग्रीको प्रदर्शनी, स्थानिय हस्तकला, विविध बालबालिका केन्द्रित उद्यान, सर्कस, खानाका विभिन्न परीकार लगायत २४५ बढी स्टलहरु रहने प्रचारप्रसार उपसमिती संयोजक एक नारायण अधिकारीले बताए । महोत्सवमा लोक नाँच, स्थानिय साँस्कृतिक नाँच, झाँकीहरुसँगै स्थानिय र राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: