वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

बाँकेका विभिन्न स्थानीयतह संग सूचना माग

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शुक्रबार, बैशाख २८, २०७५ ।    

सोम गुरुङ/कोहलपुर (बाँके) ।
बाँके जिल्लाको स्थानीय तहसँग नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का आरटिआई अभियान्ता लक्ष्मी तिवारीले विविध विषयमा सूचना माग गरेका छन । नेपालको संविधान – २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन – २०६४ को दफा ३ अनुसार स्थानीय तह संग सुचना माग गरेको अभियन्ता तिवारीले बताए ।

बैजनाथ गाउँपालिकामा बैशाख २० गते सूचना माग गरिएको र लिखित रुपमा बैशाख २७ गते सूचना उपलब्ध गराईएको बैजनाथ गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यले जानकारी दिए । बाँके जिल्लाको सम्पूर्ण स्थानीय तहसंग सुचना माग गरिएको छ ।  सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले हाल एफ.एच.आई. ३६० को सहकार्यमा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना सन्चालन भएपछि बाँके र बर्दिया जिल्लामा सूचनाको हक र सुशासनको लागि सक्रिय भएर काम गरिरहेको  छ ।

मागिएको सूचनामा सम्बन्धित नगरपालिका र गाउँपालिकामा सुचना अधिकारी को हुनु हुन्छ ? निजको नाम र साइनबोर्डको फोटो, सो पालिकामा नागरिक वडापत्र राखिएको छ कि छैन ? राखिएको भए फोटो सहित फोटोकपी, आयोजनाको सूचना पाटी राखिएको छ कि छैन ? र साथै सो पालिकाले सुचना अध्यावधिक गरी प्रकाशन गर्ने गरेको छ वा छैन ? समेतको प्रतिलिपीको सूचना माग गरिएको थियो ।

सूचना माग गरेको ७ दिन भित्रै बैजनाथ गाउँपालिका कार्यालयका सूचना अधिकारी तप्तराज पौडेलले  लिखित पत्रमार्फत आफनो  गाउँपालिका कार्यालयमा सूचना अधिकारी तोकिएको, नागरिक वडा पत्र बनिसकेको, सम्पूर्ण आयोजनाको सूचना पार्टी राखिएको, कार्यालयको सूचना अध्यावधिक सक्रिय स्वतः प्रकाशन गर्ने लिखित जानकारी समेत गराएको छ । सूचना आम नागरिकले प्राप्त गर्ने अधिकार संविधानले दिएकोले स्थानीय तहहरु नागरिकप्रति जिम्मेवार, उत्तरदायी र जवाफदेही हुने राम्रो प्रयास बैजनाथ गाउँपालिकाले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्: