वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

बाँके जिल्ला प्रशासनलाई सर्पदंश उपचार केन्द्रको माग राख्दै ज्ञापन पत्र

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५ ।    

सोम गुरुङ्ग/नेपालगंज (बाँके) ।
नेपालगन्जमा रहेर मानवअधिकार तथा कानुनको क्षेत्रमा कार्यरत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीलाई  बाँकेको राप्ती पारी सर्पदंश उपचार केन्द्रको माग राख्दै  ज्ञापन पत्र बुझाएका छन् ।

सो ज्ञापन पत्रमा हाल बाँके जिल्लामा सर्पको टोकाईले गर्दा उपचार नपाएर धेरै मानिसको मृत्यु हुने गरेको र राप्ती पारी नरैनापुुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाबाट सर्पको टोकाईबाट घाइते भएका विरामीलाई उपचार गर्न नेपालगन्ज ल्याउदै गर्दा बिच बाटौमै ज्यान सक्ने सम्भावना रहकोमा तत्काल सम्बोधन गरी दुबै गाउँपालिकामा कम्तीमा एक/एक सर्पदंश उपचार केन्द्रको स्थापना हुनु पर्ने माग गरिएको छ ।

आम नागरिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न गराउन ज्ञापन पत्र बुझाएको बताईएको छ । ज्ञापन पत्र बुझाउनेहरुमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी, अधिवक्ता राम कुमार दिक्षित, अधिवक्ता विजय कुमार शर्मा, अधिवक्ता राम कुमार राढ र सूचना अभियान्ता अरुण कुमार तिवारी समेतको उपस्थिती रहेको थियो । सो ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी के.सी.ले तत्काल यो समस्यालाई समाधान गर्न नेपाल सरकार, स्थानीय सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: