वि.सं.   सोमवार, चैत्र ११, २०७५   तदनुसार  25 March 2019

फोनिज बाँकेको अध्यक्षमा समिरमान श्रेष्ठ सर्वसम्मत

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, चैत्र १९, २०७४ ।    

नेपालगन्ज, बाँके ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेको अध्यक्षमा पत्रकार समिरमान श्रेष्ठ सर्वसम्मत चयन भएका छन ।
आइतवार सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन । यस्तै फोनिक जिल्ला कार्य समितिको उपाध्यक्षमा विमला चौधरी, सचिवमा भगतराम थारु, सह सचिवमा लक्ष्मी चौधरी, कोषाध्यक्षमा सोम गुरुङ, चयन भएका छन् । सदस्यहरुमा शम्भु प्रसाद चौधरी, निकिता कर्मचार्य, खम्ब प्रसाद पुन, ममता थापा रहेका छन् । त्यस्तै चैत २३ र २४ गते काठमाडौंमा हुने फोनिजको केन्द्रीय महाधिवेशन केन्द्रिय प्रतिनिधिमा पत्रकार गजेन्द्र गुरुङ, विश्वराज पछल्डग्या क्षितिजा जिएम र प्रज्वल श्रेष्ठलाई चयन गरिएको छ ।

यस्तै प्रदेश प्रतिनिधिमा कृष्ण चौधरी, कुमार श्रेष्ठ, ममता थापा र रविन्द्रमान सेरचन रहेको अध्यक्ष समिरमान श्रेष्ठले जानकारी दिए । यस्तै जिल्ला कार्यसमिति बाँकेको अधिवेशनबाट पत्रकार हेमन्त कर्मचार्य, पुर्णलाल चुके, गोपी बुढा, ठाकुर सिह थारु, उमा थापा, शोभा गुरुङ, रण प्रसाद रानालाई सल्लाहकारमा चयन गरिएको छ । निवर्तमान जिल्ला अध्यक्ष उमा थापाको अध्यक्षतामा भएको अधिवेशनको फोनिजका पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिह थारु, पुर्वसंस्थापक सदस्य गोपी बुढा, पत्रकार हरि अधिकारी लगायतको सहभागिता रहेको थियो । फोनिज जिल्ला कार्य समिति बाँकेको पहिलो बैठक सोमवार बस्ने सचिव भगतराम थारुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...