वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

बान प्रदेश नं. ५ को संयोजकमा माधव नेपाल चयन

        बअ सम्बाददाता   |   प्रकाशित मिति: आइतवार, चैत्र २५, २०७४ ।    

बर्दिया ।
निजी रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल (बान) प्रदेश नं. ५ को संयोजकमा बि.बि.सि. तथा बुटवल एफ. एम. का माधव नेपाल चयन भएका छन् । बानको छैटौँ महाधिवेशनबाट नेपाल संयोजकमा चयन भएका हुन् । यसै गरी प्रदेश नं. ५ को सह संयोजकमा उज्यालो रेडियो नेटवर्क, रेडियो टाइगरका भावुक योगी चयन भएका छन् ।

सचिवमा रमेश न्यौपाने, कोषध्यक्षमा अरुण कुमार श्रेष्ठ, सदस्यहरुमा रेडियो साथी तथा बर्दिया अनलाईन सहकर्मी मिन प्रसाद अधिकारी, अनिता खत्री, र श्याम घिमिरे सर्व सम्मत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: