वि.सं.   बुधबार, बैशाख १२, २०७५   तदनुसार  25 April 2018

राजापुरको कर्णाली घाटमा सुन खोज्नेहरुको कथा (भिडियो कथा)

          |   प्रकाशित मिति: सोमवार, बैशाख ३, २०७५ ।    

काठमाण्डौ ।
कर्णाली नदीको किनारामा पर्ने बर्दियाको राजापुरमा एउटा चिटिक्कको गाउँ छ । यो गाउँमा बस्ने सोनाह समुदायका महिला र केटाकेटी बालुवामा सुन खोजेर गुजारा चलाउँछन् ।

फुर्सद हुने बित्तिकै उनीहरु बालुवा पखाल्ने आवश्यक सरसामान बोकेर नदीको बगर जान्छन् । सुनका कण कहाँ हुन्छ भनेर पत्ता लगाउँछन् र खनीखोस्री गर्छन् । यसरी खोस्रेको बालुवालाई विशेष प्रकारको काठको भाँडामा राखेर पानीले पखाल्छन् ।

यसरी पानीले पखाल्दा सुनका केही कण भेटिन्छन् । धेरै बालुवा पखालिसकेपछि भेटिएका सुनका मसिना कण जम्मा पारेर घर लैजान्छन् । अनि आफ्नै परम्परागत शैलीमा सुनको प्रशोधन गर्छन् । यसरी प्रशोधन गरिएको सुन बेचेर उनीहरुको गुजारा चल्दै आएको छ ।

हेर्ने कथामा : सुनको कथा

हेर्ने कथा भिडियो श्रृंखला हरेक अँग्रेजी महिनाको १ तारिख र १५ तारिखमा हेर्ने कथाको युट्युब च्यानलबाट प्रसारण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्: