वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

कुलोमा तैरिरहेको अवस्थामा बालकको शव फेला

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शनिबार, असार ९, २०७५ ।    

मिन अधिकारी/गेरुवा (बर्दिया) ।
गेरुवा गाँउपालिका–६, को सोनाहा गाँउको कुलोमा पानीमा बालकको शव तैरिरहेको अवस्थामा भेटिएको छ । सोनाहा गाउँका राम कुमार थारुका ९ बर्षिय छोरा रेशम थारुको शव गाउँलेले कुलोमा देखे पछि प्रहरीलाई खवर गरेका थिए ।

गेरुवा गाँउपालिकाको गणेश माद्यामिक विद्यालयमा अध्ययनरत रेशम आफ्ना हजुरआमा संगै बस्दै आएका थिए । पहिले पनि केहि नभनि मामा घरमा आउ जाउ हुने हुनाले हजुरआमाले मामा कै घरमा गएको हुन सक्ने भनि खासै चासो नदिइएको ईलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक खेमराज रावतले बताए । बुधवार दिउँसो देखि सम्पर्कमा नआएका बालकको शव कुलामा तैरिरहेको अवस्थामा भेटिएको प्रहरिले जनाएको छ ।

शव गाउँले देखेपछि प्रहरीलाई खवर गरेको र मृतकका बुवा आमा  दाङ्गबाट आए पछि शवको पोस्टमार्टमका लागि कैलालीको टिकापुर लगिएको र कुलो तर्दा पानीमा खसेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्: