वि.सं.   शुक्रबार, मंसिर २७, २०७६   तदनुसार  13 December 2019

राजापुरमा बजार अनुगमन ; अखाद्य वस्तु नष्ट

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, अशोज ९, २०७६ ।    
Loading...

राजापुर(बर्दिया)- चाडपर्व नजिकिदै गर्दा राजापुरमा बजार अनुगमन गरिएको छ । दशै तिहारका समयमा म्यादनाघेका तथा अखाद्य पदार्थको बिक्रि–बितरण नियन्त्रण गर्ने उदेश्यले अनुगमन गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यलय गुलरिया बर्दियाको आयोजना तथा इलाका प्रशासन कार्यलय राजापुर र राजापुर नगरपालीकाको सहयोगमा बजार अनुगमन गरिएको थियो ।
बजार अनुगमनका क्रममा म्याद नाघेका सुर्तिजन्य पदार्थ, बिस्कुट चाउचाउ पेष्ट, मञ्जन तथा क्रिम लगायत सामानहरु भेटिएको र भेटिएका सामान आजै नष्ट गरिएको इलाका प्रशासन कार्यलय राजापुरका प्रमुख शुनिल दत्तले बताए। अनुगमनमा भेटिएका म्याद नाघेका अखाद्य पदार्थको मुल्य एकिन हुन बाँकी रहेको प्रशासन प्रमुख दत्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: