वि.सं.   आइतवार, कार्तिक ४, २०७५   तदनुसार  21 October 2018

बागेश्वरी मन्दिरको सन्दुक खोल्दा जे भेटियो… (फोटो फिचर)

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, फाल्गुन ३०, २०७४ ।    

भगतराम थारु/नेपालगञ्ज ।
दशकौं पुरानो भनिएको मालपोत कार्यालय बाँकेमा रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको सन्दुक (बाकस) बुधबार खोलिएको छ ।
खोलिएका दुई बाकस मध्ये एउटामा रसिदका ठेली मात्र भेटिएको छ भने अर्को बाकसमा चाँदीका केही गहना र सुनको तिलहरी भेटिएको छ ।

दशकौ देखी मालपोत कार्यालय बाँकेमा अलपत्र अबस्थामा रहेका बाकस खोलीएसँगै सर्बसाधारणको कौतुहलता मेटिएको छ । बाहिर राखीएको ठुलो बाकसमा मालपोत कार्यालयका कागजका ठेली र भित्र रहेको बाकसमा नगन्य मात्रामा सुन र चाँदीका मुर्ति भाडा लगाएतका सामाग्री भेटिएको बागेश्वरी गुठी ब्यवस्थापन समितिका सचिब गोपाल प्रसाद अधिकारीले जानकारी दिए ।
बाकसमा भएका सबै सुन तथा चाँदीहरु बागेश्वरी गुठि ब्यवस्थापन समितिको अधिनमा लिएर नेपाल बैंकको लकरमा राखीने उहाँले जानकारी दिए ।


दशकौं पुरानो बाकस भएको दाबी गरिएपनि बासकमा भेटिएका गहना नयाँ (टल्केका)ले धेरै पुरानो मान्न सक्ने अवस्था नरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यसअघि बाकसमा के र कति सम्पत्ति छ भन्ने कसैले पनि बताउन सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्: