वि.सं.   मङ्लबार, फाल्गुन ८, २०७४   तदनुसार  20 February 2018

बगनाहामा डेउडा कार्यक्रम सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, फाल्गुन २, २०७४ ।    

बगनाहा, बर्दिया ।
ठाकुरबाबा नगरपालिका–३, बगनाहामा शिवरात्रीको अवसरमा बगनाहा बजार ब्यवस्थापन समिती र मन्दिर ब्यवस्थापन समितीको संयुक्त आयोजनामा डेउडा कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय हराउँदै गएको डेउडा संस्कृती जोगाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा दैलेख, कालीकोट, मुगु, अछाम, जुम्ला लगायतका पहाडी जिल्लाबाट बसाई सराई गरी बर्दियामा बसोबास गर्ने महिला पुरुषहरुले पहाडी क्षेत्रमा गाईने देउडा गीत गाएर परम्परागत डेउडा संस्कृतीलाई जोगाउन अघि बढेको कार्यक्रम संयोजक मिनराज देबकोटाले बताए ।

कार्यक्रममा कालिकोटबाट आउनु भएका राष्ट्रिय डेउडा गायीका कमला धामी र भावना धामीका साथै स्थानिय कलाकार नयाँराम खनाल, भक्त बहादुर शाही, चन्द्रकान्त आचार्य लगायतले मनोरंजनात्मक प्रस्तुती प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: