वि.सं.   शुक्रबार, मंसिर २७, २०७६   तदनुसार  13 December 2019

राजापुरमा डवल मैत्रिपुर्ण एकदिने खुल्ला व्याटमिन्टन प्रतियोगिता

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, साउन २६, २०७६ ।    
Loading...

राजापुर– बर्दियाको राजापुरमा डवल मैत्रिपुर्ण एकदिने खुल्ला व्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । राजापुर युवा समाज र जिल्ला व्याटमिन्टन संघ बर्दियाको संयुक्त आयोजनामा सम्पन्न डवल मैत्रिपुर्ण खुल्ला व्याटमिन्टन प्रतियोगिताको उपाधी कोहलपुरका खेलाडिद्वय खगेन्द्र सिंह र दिपक शाहीले हात पारेका छन । यस्तै दोश्रोमा टिकापुरका खेलाडीद्वय रामलाल चौधरी बिनोद श्रेष्ठले प्राप्त गरेका छन । बिजेता खेलाडिलाई जिल्ला ब्याडमिन्टन संघ बर्दियाका अध्यक्ष बालकृष्ण ओली र सदस्य सागर सेनले नगद रकम प्रदान गरेका थिए । डवल मैत्रिपुर्ण एकदिने खुल्ला व्याटमिन्टन प्रतियोगितामा बर्दिया, बाँके र कैलालीका गरी २८ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्: