वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

लगातारको वर्षा संगै बर्दियाका विभिन्न ठाउँहरु डुबानमा

        भावुक योगी   |   प्रकाशित मिति: सोमवार, असार १८, २०७५ ।    

भावुक योगी/बर्दिया ।
हिजो साँझ देखी लगातार परेको पानीका कारण बर्दियाका ठाउँ ठाउँक घरहरु डुबानमा परेका छन् । मधुवन नगरपालिका–५, र शुक्रबस्तीका  ३४ घर डुबानमा परेको छ ।  स्थानीय खोलानालामा आएको बाढी र वर्षाका कारण त्यहाँका घर डुबानमा परेको मेयर गणेश केसीले बताउनुभयो । डुबान प्रभावितहरुलाई स्थानीय मधुवन शुक्र माद्यमिक विद्यालयमा राखिएको छ ।

प्रभावितलाई चाउचाउ लगायतका खानेकुरा वितरण गरिएको छ । नगरपालिका र प्रहरीले संयुक्त रुपमा विस्थापितको उद्दार गरेका हुन् । सदरमुकाम गुलरिया, ठाकुरबाबा, बाँसगढीलगायतका बिभिन्न ठाउँमा पनि बाढीले घर डुबानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्: