वि.सं.   बुधबार, चैत्र १३, २०७५   तदनुसार  27 March 2019

बढैयाताल : पश्चिम नेपालमा पर्यटनको केन्द्रविन्दु बन्दै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, फाल्गुन १४, २०७५ ।    

सोम गुरुङ्ग / बढैयाताल (बर्दिया) ।
बढैयाताल गाउँपालिका वडा नं. ४ र ५ मा पर्ने बढैयाताल पश्चिम नेपालकै पर्यटन केन्द्रविन्दु बनाउन स्थानीय नागरिकहरु लागि परेका छन् । बढैयाताललाई पर्यटन प्रर्वद्धन, कला संस्कृतिको प्रचार प्रसारको लागि बढैयातालमा जनप्रतिनिधि सहितको टोली अवलोकनमा पुगेको छ ।

बढैयातालको संरक्षण र सम्बद्र्धनको लागि ६० लाख बढी लगानीमा त्यहाँको भौतिक संरचना र बाटोघाटोको विकास गरिएको छ ।  सो बढैयातालमा चैत्र पछि बोटिङ्ग पनि सन्चालन गरिने  बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताए । साथै छिट्टै नै सो ठाउँमा थारु सँस्कृतिक सङ्गग्रालय पनि खोलि थारु समुदायको सँस्कृतिक पहिचान र संरक्षण गरिने  बताईएको छ ।

बढैयाताल एक पर्यटकीय क्षेत्र भएकोले सो ठाउँमा आउने पर्यटकहरुलाई सहज तरिकाले तालसम्म पुग्नको  लागि भौलागौडी देखि तालसम्मको बाटो पिच गरिने योजना रहेको वडा नं. ५ का वडा अध्यक्ष कर्ण बहादुर थापाले बताए । सो कार्यका लागि बढैयाताल गाउँपालिकाले ६ करोड रकम विनियोजन गरेको छ ।  हाल नेपाल सरकारले भिजिट २०२० अभियान सन्चालन गरिरहेको छ । बढैयाताल पनि एक पर्यटकीय क्षेत्रमा सूचीकृत भएको छ । बढैयाताललाई पर्यटनको रुपमा विकास गर्नको लागि बढैयातालमा सुविधा सम्पन्न होटल सुनगाभा पनि सन्चालन हुन लागेको प्रोपाइटर प्रकास के.सी. बताउछन् ।

बढैयाताल गाउँपालिकामा रहेको बढैयाताल, सो क्षेत्रमा विभिन्न चराचुरङ्गीहरुको संरक्षण गर्नु पर्ने र  थारु संस्कृति तथा कलामा टेवा पुग्ने गरि बढैयाताललाई स्थानीय तहमा रोजगारका वातावरण सृजना हुने साथै आन्तरिक तथा वाहय पर्यटकहरुलाई स्थानीय तहसम्म ल्याउनको लागि प्रचार प्रसार गर्नु पर्ने स्थानीय सन्चारकर्मी मिना थापाले बताईन ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...