वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

बढैयातालमा ९९ जना स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५ ।    

गाँउपालीकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले महिला संयमसेबिकाहरुको कामको प्रसंसा गर्दै अवकास हुदा नेपाल सरकारबाट पाउने २० हजारलाई गाँउपालीकाले २० हजार थप गरि ४० हजार बनाउने घोषणा गरेका छन ।

बढैयाताल,बर्दिया।
बर्दियाको बढैयाताल गाँउपालिकाले १५ औँ महिला स्वास्थ्य संयमसेबिका दिवसको अवसरमा ९९ जना महिला स्वास्थ्य संयमसेबिकाहरुलाई साईकल बितरण गरिएको छ । निश्वार्थ सेवामा लागेका स्वास्थ्य संयमसेबिकाहरुको काम प्रतिको मनोवल बढाउन काम गर्ने हौसलाको साईकल बितरण गरिएको हो । त्यस्तै गाँउपालीकाका ९ ओटै वडाका १/१ जना उत्कृष्ठ कार्य गर्ने संयमसेबिकाहरुलाई नगद २ हजार सहित सम्मान गरेको छ । दिवसको अबसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै गाँउपालीकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले महिला संयमसेबिकाहरुको कामको प्रसंसा गर्दै अवकास हुदा नेपाल सरकारबाट पाउने २० हजारलाई गाँउपालीकाले २० हजार थप गरि ४० हजार बनाउने घोषणा गरेका छन । उनले अहिले नेपाल सरकारले दिदै आएको मासिक ४ सयलाई बढाएर १ हजार बनाउने र थप प्रोत्सान स्वरुप गाँउपालिकाले भ्रमणको लागि १ लाख बजेज छुट्याईने समेत बताएका छन ।
कार्यक्रममा स्वास्थ्य संयमसेबिकाहरुले आफ्नो दुख पिडाहरु गित मार्फत प्रस्तुत गरेका थिए भने साईकल दिएकोमा खुसी ब्यक्त समेत गरेका थिए । गाँउपालीकाका उपाध्यक्ष दिपाकुमारी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालीकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगी, स्वास्थ्य शाखा संयोजक बिष्णु पौडेल, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन स्वास्थ्य शाखाका सहसंयोजक रमेश पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: