वि.सं.   शुक्रबार, भदौ ६, २०७६   तदनुसार  23 August 2019

बढैयाताल गाँउपालिकाको चौथो गाँउ सभा सम्पन्न

        अनोज थारु   |   प्रकाशित मिति: शुक्रबार, चैत्र १, २०७५ ।    

बाँसगढी/बर्दिया।
बढैयाताल गाँउपालिकाले महत्वपुर्ण निर्णयहरु पारित गर्दै चौथो गाँउसभा सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७५/०७६ मा भएका निर्णयहरु संशोधन सहित पारित गरेको हो । बढैयाताल गाँउपालिकाको ४, ५, ७ र ९ गरी ४ वटा वडा कार्यालयको भवन र गाँउपालिकाको भवन निर्माणको लागि जग्गा र स्थान छनौट गरी प्रस्ताबित योजनाहरुलाई गाँउ सभाबाट पारित गरीएको छ ।
बढैयाताल गाँउपालिका वडा नं ६ मैनापोखर चोकको दक्षिण तर्फ रहेको पुरानो सुगर मिल रहेको करिव ३५ कठ्ठा जग्गामा गाँउपालिकाको भवन निर्माण गर्ने निर्णय भएको बढैयाताल गाँउपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले जानकारी दिए । गाँउपालिकाको भवन निर्माणको लागि १० करोड र प्रति वडा कार्यालयको भवन निर्माणको लागि २/२ करोड छुट्याएको गाँउपालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । भवन निर्माणको लागि अव छिट्टै टेण्डर अवहान गरिने समेत अध्यक्ष श्रेष्ठको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्:


Loading...