वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

सरसफाई अभियानमा सक्रिय बन्दै वडघर विप्र थारु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, असार ३०, २०७५ ।    

तारा बहादुुर खाती/गेरुवा (बर्दिया) ।
वडघर विप्र थारु अहिले विशेष गरि पूर्ण सरसफाइ अभियानमा व्यस्त छन् । वडघर भए पछि समुदायमा आउने हरेक समस्यालाई समाधान तिर लैजानु उनको कर्तव्य हो र लागीरहन्छन पनि तर पछिल्लो समयमा उनले जव पूर्ण सरसफाइ सम्बन्धि गाउँपालिकाको आयोजनामा जी.एस.एफ. यू.एन. हबिटाटको सहयोग र आई.डि.एस. नेपाल/मायुस बर्दियाको सहजीकरणमा सञ्चालित अभिवृद्धीमूलक तालिम लिने र अवलोकन भ्रमण गर्ने मौका पाए त्यस पछि अहिले (२०७४ चैत्र देखि) पूर्ण सरसफाई उन्मुख समुदाय बनाउन निरन्तर लागी परेका छन् ।

“हरेक प्रकारको प्रगती र परिवर्तनका लागी स्वास्थ्य राम्रो हुनु आवश्यक रहेको र जुन केवल पूर्ण रुपमा सरसफाइ युक्त समुदाय तथा वातावरणमा भए मात्र सम्धब हुने धारणा छ वडघर थारुको । आफुलाई पूर्णसरसफाइका सूचकहरु वारे मात्र नभई समुदायलाई यहाँको शीप र कला प्रयोग गरि डेकोरेटेड, सज्जि–सजावट सुन्दर र आर्कशक वनाउने वारे पनि थाहा भएकाले भ्रमणीय गाँउ वनेको र वाँकी ठाउं वन्दै गरेको थारु बताउँछन् ।

विगत आठ वर्ष देखि गेरुवा गाउँपालीका वडा नं. २ उल्टनपुरका पाँच वटा समुदाय (वेलपुर, पश्चिमपुर, दक्षिणपुर, विचपुर र भैरमपुर ) मध्ये वेलपुरका वडघर तथा उल्टनपुरका सहायक वडघर भइ काम गरेका विप्र थारु यो वर्ष देखि मुख्य वडघर भएका छन् । करिव २४० घरधुरी भएको उल्टनपुरमा उनि संगै समुदाय पिच्छे चार वडघर अर्थात उल्टनपुरका सहायक वडघरहरु पनि छन् जस्ले गर्दा समुदायमा वनेका सरसफाइ समितीको सल्लाहकारमा वसि अभियानलाई अगाडी वढाउन सफल भएका छन् ।

उल्टनपुरका पाँचवटा समुदाय मध्ये छोटो समयमा नै तीनवटा समुदाय पूर्ण सरसफाइउन्मुख भइसकेका र दुईवटा समुदायमा आधा भन्दा वढी काम सकीएको थारु बताउँछन् । हरेक दिन कुनै न कुनै समुदायमा पुग्ने र केही, सम्भव भए सवै घरधुरीमा समितीका पदाधिकारी तथा सहायक वडघरसंग सयुक्त रुपमा अनुगमन गरी, नतिजा माथि गहन छलफल गरी अगाडी वढ्ने तरिका सिकाउने साथै कार्य योजना वनाउन सहयोग गर्ने र निर्देशन गर्छन् । तत्पश्चातः मात्रै समुदायका अन्य कार्य÷विषयवस्तुमा व्यस्त रहने उहाँको दिनचर्या रहेको छ ।

तीन वर्ष पहिले तत्कालीन गा.वि.स. पाताभार खुल्ला दिसा मूक्त घोषणा भए पछि सरसफाइका लागी चर्पी मात्र भए सरसफाइ पुग्छ भन्ने लागेको बताउने थारुले पूर्ण सरसफाइको वारेमा वुझी सके पछि त सरसफाइमा आफुहरु धेरै पछाडी परेको महसुस भएको बताए । बनेका शौचालयहरु नै अशुरक्षित र सफा गर्ने र आवश्यक साधनको ज्ञानको अभाव भएको महशुस भयो त्यस्तै गरि सफा सावुनपानीले हात धुनु पर्ने अवस्था र चरण, सुरक्षित पानी तथा पानीका स्रोत र प्रयोग गर्ने भाडाहरुको सफाइको ज्ञानको कमी, छुट्टै तथा व्यवस्थित गोठ नभइ घर वरपर वाटोघाटोमा फोहर हुनेगरि वस्तुभाउ वाध्ने र घरवाट निस्केको जुनै प्रकारको फोहर पनि मन लाग्दो ठाँउमा फाल्ने, वच्चाको दिसा पनि कोयाले उठाइ वाटोमा फालिने हुन्थ्यो तर अहिले मुख्य वडघरको विशेष सक्रियतामा रहेको र सवै मिलेर यस अभियानमा होमिएको बताए । साथै २४० घरधुरी मध्ये ७० प्रतिशत अर्थात तीन वटा समुदाय तयार भइसकेको बताउँछन् सहायक वडघर बुद्धी थारु ।

 

प्रतिक्रिया दिनुहोस्: