वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

गुलरिया मालपोत कार्यालयमा बासले गर्‍यो सत्याग्रह

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, फाल्गुन २२, २०७४ ।    

गुलरिया, बर्दिया ।
बर्दियाको गुलरियास्थित जिल्ला मालपोत कार्यालयमा बागेश्वरी असल शासन क्लब (बास) बर्दिया शाखाले भ्रष्टाचार विरुद्ध शुद्धिकरण (सत्याग्रह) कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार बिहान ठिक १० बजेदेखि ११ बजेसम्म भ्रष्टाचार विरुद्धका नाराहरु ( हामी असल शासनका हिमायति हौं, हामी भ्रष्टाचार बिरोधी हौं, घुस लिन र दिन बन्द गरौं, भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं, कार्यालयमा काम लिन आएका सेवाग्राहीलाई सम्मानजनक व्यवहार गरौं, कार्यालय समयको ख्याल गरौं, भ्रष्टाचार गर्नु भएको छ भने यहाँलाई प्रबेश निषेध, सेवाग्राहीलाई बिभिन्न बहानामा नझुलाऔं, भ्रष्ट कर्मचारीलाई कार्बाही गरौं र आउनुहोस् भ्रष्टाचार बिरुद्ध सँगै मिलेर काम गरौँ) लेखिएका प्लेकार्डहरु लिई १ घण्टा सम्म साँकेतिक दबाबका साथै कार्यलय प्रमुख ठाकुर प्रसाद सिग्देललाई ज्ञापन पत्र बुझाईएको थियो । सो पश्चात प्रमुख सिग्देलले “यो कार्यक्रमले आफुमा एक किसिमको उर्जा प्राप्त भएको, नागरिकमा पनि भ्रष्टाचारको बारेमा जनचेतना जगाउनु पर्ने र बर्दियामा पनि भ्रष्टाचार विरुद्धको अभियान थालेकोमा बास, बर्दिया शाखालाई धन्यवाद ज्ञापन गरेका थिए साथै कार्यालयबाट प्रदान गरिने सेवालाई अझै चुस्त र दुरुस्त बनाउने बताए ।


अहिले हाम्रो मुलुक पनि भ्रष्टाचारको कुचक्रमा फसेर अशुद्ध बनेको छ । हरेक सरकारी निकाय तथा गैर सरकारी निकायमा हुने भ्रष्टाचार, अनियमितता, ढिलासुस्ति र लापरबाहिका बिरुद्ध शुन्य सहनशिलताको बिकास गर्नु अहिलेको आबश्यकता हो । कुनै पनि सरकारी निकाएले बिना झण्झट सरल र सहज ढंगले जनतालाई सुबिधा दिनु पर्दछ । सरकारी कर्मचारी जनता प्रति जवाफदेही हुनुका साथै सेवाग्राहीलाई सम्मान गर्ने खालको हुनु पर्दछ । सरकारी निकाएका सबै कामहरु पारदर्शी हुनु पर्दछ, कुनै पनि जनहितका सुचना लुकाउन पाईंदैन । अर्काे तर्फ असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहित त खराब कार्य गर्ने कर्मचारीलाई दण्डित गरिनु पर्दछ, यहि मान्यताका साथ सरकारी निकाएलाई शुद्धिकरण गर्न साँकेतिक दबाब दिन भ्रष्टाचार बिरुद्ध शुद्धिकरण अभियान संचालन गरिएको बास बर्दियाका शाखाका अध्यक्ष खुमेश सुबेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्: