वि.सं.   आइतवार, अशोज ७, २०७५   तदनुसार  23 September 2018

अटोरिक्साले मनोमानी भाडा असुल्दै, भाडामा एकरुपता नहुँदा यात्रु मर्कामा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५ ।    

बअ सम्वाददाता/भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ र ठाकुरद्वाराबाट संचालन हुने अटोरिक्साले मनोमानी ढंगबाट चर्को भाडा असुल्दा यात्रुहरु मर्कामा परेका छन् ।

बजारबाट गाउँतर्फ र गाउँबाट बजारतर्फ आउनु पर्दा अटोरिक्साले मनोमानी ढंगबाट भाडा असुल्दै आएका यात्रहरुुले गुनासो गरेका हुन् । एक किलोमिटरको कती भाडा लिनु पर्ने हो अथवा बजारबाट सम्बन्धित गाउँ जाँन आउन कती भाडा लिने हो भन्ने यकिन नहुँदा यात्रुहरु चर्को भाडा तिरेर यात्रा गर्न बाध्य रकेका छन् ।

भुरीगाउँ बजारबाट बगनाहा, नेउलापुर, गोदाना, मिर्चैया जाँदा एक सय देखि ३ सय सम्म र ठाकुरद्वारा, शिवपुर, बकुवा जाँदा २ सय देखि ५ सय सम्म लिने गरेको यात्रुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्: