वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

अस्तव्यस्त सवारी पार्किङ्गले पर्यटकिय क्षेत्रको सौन्दर्यता हराउँदै, दुर्घटनाको जोखिम उच्च

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५ ।    

बअ सम्वाददाता/भुरिगाउँ (बर्दिया) ।
पर्यटकिय जिल्लाको रुपमा चिनिएको बर्दियाको भुरीगाउँ बजारको ट्राफिक व्यवस्था सुधारका लागि स्थानियहरुले आग्रह गरेका छन् ।
ठाकुरबाबा नगरपालिका भुरीगाउँमा अटोरिक्सा, बस, पूर्व–पश्चिम राजमार्गमा सञ्चालन हुने सवारीका साधन यत्रतत्र जाहाँ पायो त्यही रोकेर पार्किङ्ग गरि दिँदा सर्वसाधारणलाई असहज भएको भन्दै ट्राफिक व्यवस्था सुधारका लागि स्थानीयले आग्रह गरेका हुन् ।

पर्यटकिय नगरपालिका भएका कारणले पनि भुरीगाउँ बजारको ट्राफिक व्यवस्थाको व्यवस्थापन गर्नुपर्ने हो तर त्यसो हुन नसकेको स्थानियवासीले बताएका छन् । नगरपालिका र स्थानीय प्रहरीले समयमै यसको व्यवस्थापनका लागि चासो नदिए सडक दुर्घटना समेत निम्तीन सक्ने खतरा बढेको छ ।

पूर्व–पश्चिम राजमार्ग ठाकुरबाबा नगरपालिका हुँदै जाने भएकाले पनि अत्यन्तै व्यस्त सडक खण्डमा ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायले तत्काल पहल गर्न स्थानिय बजारबासीको माग छ ।

प्रतिक्रिया दिनुहोस्: