वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

जलवायू परिवर्तनको असर न्यूनिकरण गर्न अन्तरपुस्ता संवाद

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, फाल्गुन २६, २०७५ ।    

प्रेम बुढा/मधुवन (बर्दिया) ।
विगतमा पानीको सर्वसुलभता भए पनि पछिल्लो समय प्राकृतिक स्रोत तथा जलचर जीवजन्तुको अस्तित्व हराउदै गएको विषयमा चिन्ता व्यक्त गर्दै मधुवनका तिन पुस्ताले संवाद गरेका छन् ।

मधुवनको विशेष गरि सानोश्री ताराताल क्षेत्रमा जंगल फाडेर बसोबास थालेका पुराना पाका पुस्ता, वर्तमान समयमा नेतृत्व सम्हालेका पुस्ता तथा भविष्यका कर्णधार मानिएका किशोरकिशोरीहरु बिच जलवायू परिवर्तनका कारण, असर तथा यसलाई न्यूनिकरण गर्न अपनाउनु पर्ने उपायका विषयमा छलफल गरिएको हो ।

सिधा प्रश्न, उत्तर र अनुभब साट्दै तीनै पुस्ताले पानी तथा जलचर प्राणीको संरक्षण गर्न सबैले हातेमालो गर्न आवश्यक रहेको औल्याएका छन् । कार्यक्रममा सहभागी विद्यार्थीहरु तालतलैया तथा जीवजन्तुको संरक्षण गर्न स्थानिय सरकारले के गरिरहेको छ भन्दै नगरप्रमुखलाई प्रश्न गरेका थिए । प्रमुख अतिथि समेत रहेका नगरप्रमुख गणेश के.सी.ले मधुवन क्षेत्रमा रहेका सबै तालको विकासको लागि गुरु योजना बनाएर त्यसै अनुसार काम भईरहेको जानकारी दिए ।

जलचर प्राणी तथा पानीको स्रोतको संरक्षण गर्दै समृद्धि मधुवन बनाउन पञ्च बर्षिय योजना बनाएर काम गरिरहेको नगरप्रमुखको भनाई थियो । शुक्र माध्यमिक विद्यालयमा भएको अन्तरपुस्ता संवाद कार्यक्रममा वडा अध्यक्ष तथा सञ्चारकर्मीले पानी तथा जलचर प्राणीको संरक्षणमा लाग्ने प्रतिवद्धता जनाएका थिए । यूएसआइडीको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक सारथी संस्थाले आयोजना गरेको अन्तरपुस्ता संवादमा कृषि क्षेत्रको विकास र औद्योगिकरणलाई व्यवस्थित गरेर लैजानु पर्ने आवश्यकता औल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...