वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि अम्रेनी प्रवेशद्वारको उद्घाटन

        बअ सम्बाददाता   |   प्रकाशित मिति: सोमवार, अशोज ८, २०७५ ।    

ठाकुरबाबा (बर्दिया) ।
बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका लागि थप भएका ४ वटा प्रवेशद्वार मध्ये अम्रेनी पोष्ट प्रवेशद्वारको आइतवार उद्घाटन गरिएको छ । ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले एक कार्यक्रमका बिच प्रवेशद्वारको उद्घाटन गरेका छन् ।

                                                             – अम्रेनी पोष्ट प्रवेशद्वारको उद्घाटन गर्दै ठाकुरबाबा नगरप्रमुख घननारायण श्रेष्ठ ।

बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढेसँगै निकुञ्ज कार्यालयले थप चार वटा प्रबेशद्वार खुल्ला गरेको छ । ४ वटा प्रवेशद्वार थप भएसंगै पर्यटन व्यबसाय प्रबद्र्धन गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले निकुञ्जको अन्यत्र ठाउँबाट पनि अवलोकन गर्न माग गरेपछी ठाकुरद्वारा सहित नयाँ ४ वटा ठाउँबाट प्रवेशका लागी बाटो खुल्ला गरिएको हो ।

यसअघि बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय ठाकुरद्वाराबाट मात्रै प्रवेस खुल्ला भएकोमा अब देखि ठाकुरबाबा नगरपालिकाको अम्रेनि पोष्ट, गेरुवा गाउँपालिकाको बन्जरिया पोष्ट, बारबर्दिया नगरपालिकाको रम्भापुर पोष्ट र बाँसगढी नगरपालिकाको चेपाङ पोष्टबाट पर्यटकलाई निकुञ्ज भित्र घुम्न कार्यालयले अनुमति दिने निकुञ्जले जनाएको छ ।

प्रबेशद्वारको उद्घाटन गर्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले ठाकुरबाबा नगरपालिका बर्दिया राष्ट्रिय निकुञ्जसंग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताएका छन् । अम्रेनी क्षेत्र आसपासमा पर्यापर्यटन गतिबिधीहरुलाई अगाडी बढाउन सकेमा आयआर्जनमा ठुलो टेवा पुग्ने बिश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: