वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

कृषि उपज बजार तथा भण्डारण अभिमुखिकरण कार्यक्रम सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, जेष्ठ १३, २०७५ ।    

ठाकुरबाबा, (बर्दिया)।
भुरिगाउंमा कृषि उपज बजार तथा भण्डारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । स्थानिय कृषकहरुलाई कृषी उपज बस्तुहरुको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

ठाकुरबाबा नगरस्तरीय कृषक समुह समन्वय समितीको आयोजना तथा भेरी शित भण्डार कोहालपुर बाँकेको सहयोगमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा भेरी शित भण्डारका अध्यक्ष डोलराज अर्याल, प्रभु बैंकका प्रबन्धक बिकेश कुमार श्रेष्ठ र सक्षेम नेपालका सहजकर्ता प्रतिक देबकोटाले कार्यक्रमको सहजकिरण गरेका थिए  ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्यामलाल थारु लगायतको उपस्थिती रहेको कार्यक्रम
कार्यक्रम ठाकुरबाबा नगरस्तरीय कृषक समुह समन्वय समीतीका अध्यक्ष शान्ता भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: