वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

आगलागी नियन्त्रणका लागी नेउलापुर मध्यवर्ती वनमा अग्नी रेखा निर्माण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, फाल्गुन २५, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
वन डडेलो हुनबाट जोगाउन ठाकुरबाबा नगरपालिका–३, मा रहेको नेउलापुर मध्यवर्ति सामुदायिक वन भित्र अग्नी रेखा निर्माण गरीएको छ ।

चैत्र, बैशाख र जेष्ठ महिनामा सामुदायिक वनमा वर्षेनी आगलागी भएर वन विनास र वन्जन्तुमा क्षती हुन थालेपछी सामुदायिक वनमा अग्नी नियन्त्रण रेखा निर्माण गरीएको हो ।

सामुदायिक वनका झण्डै ३ सय ३० जना उपभोक्ताहरुले सामुदायिक वनमा अग्नी रेखा निर्माण गरीएको सामुदायिक वन समुहका अध्यक्ष अर्जुन शर्मा जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: