वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

अघोषित लोडसेडिङको मारमा बर्दियाबासी

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बुधबार, जेष्ठ १६, २०७५ ।    

विद्युत आउने र जाने हुदाँ स्थानिय तथा ब्यवसायीहरु संगै जिल्लामा रहेका सञ्चार माध्यमहरु प्रभावित भएका छन् ।

मिन अधिकारी/बर्दिया ।
जिल्लामा पछिल्लो समयमा विद्युत आपूर्ति अनियमित हुँदै गए पछि स्थानिय तथा ब्यवसायीहरु पिडित बनेका छन् । सरकारले यसअघि हुँदै आएको विद्युत कटौती अन्त्यको घोषणा गरे पनि अघोषित रुपमा हुने विद्युत कटौतीका कारण जिल्लावासीले सास्ती खेपि रहेका छन् ।

दश–पन्ध्र मिनेट विद्युत आउँछ, आधा घण्टासम्म आउँदैन । विद्युत कार्यालयमा समस्या बुझ्नका लागी फोन गर्दा फोन अधिकांश समय व्यस्त देखिने र फोन लागी हालेमा पनी फोन नउठ्ने गरेको उपभोक्ताहरुको गुनासो छ । के समस्या हो भनेर उपभोक्ताहरुले सोध्दा बेखबरजस्तै हुन्छन् विद्युतका कर्मचारीहरु । सम्पर्क भइहाले पनि आधिकारिक जवाफ कहिल्यै दिँदैनन् । फोन उठिहाल्यो भने पनि एक छिनपछि आउँछ है, राख्नुहोस्, हामीहरुले बनाउँदैछौँ भन्ने जवाफ पाइन्छ । कहिले त दिनभर विद्युत् आउँदैन । यसरी नै पछिल्लो केही समययता बर्दियाको ठाकुरबाबा, राजापुर, बाँसगढी लगायतका क्षेत्रको विद्युत आपूर्ति अनियमित बन्दै गएको छ । विद्युत् आए पनि दश–पन्ध्रमा गई रहने समस्या रहेको छ ।

अघोषित विद्युत कटौतीका कारण यहाँका उद्योगी, व्यवसायी र आम उपभोक्ताहरुको दैनिकी अस्तब्यस्त बनेको छ । हाल विद्युत जाने आउने भएका कारण निकै समस्या भएको स्थानीय ठाकुरबाबा नगरपालिका–३, बगनाहा बजारमा कम्प्युटर ईन्स्टिच्यूट संचालन गर्दै आई रहेका देविराम थारुले बताए । भोल्टेज लो भएका कारण बत्ती आएको समयमा उद्योग कलकारखाना सञ्चालन नहुने र छिनछिनमा विद्युत आपूर्ति बन्द हुँदा व्यवसायी नै धरापमा पर्ने गरेको व्यवसायीहरु बताउँछन् ।

विशेष गरी गर्मीमा वढी विद्युतीय उपकरणको प्रयोग गरिने भएकाले लोड बढ्दा पनि विद्युतीय लाईनमा गडबडी आएको प्राविधिकहरुले बताउने गरेका छन् । राजापुर क्षेत्रमा विद्युत प्रसारणमा समस्या नहोस भनेर निर्माण हुन लागेको सव–स्टेसन लामो समय हुँदा पनि सञ्चालन नहुदा राजापुर क्षेत्रमा विद्युत प्रसारणमा समस्या आएको सेन्चुरी कम्प्युटर सेन्टरअफसेट प्रेसका प्रतिक शर्माले गुनासो गरे । विद्युत आउने र जाने हुदाँ जिल्लामा रहेका सञ्चार माध्यमहरु प्रभावित भएका छन् ।

उता गर्मीकै कारण स्थानियको जनजिवन संगै विद्यालयको पठनपाठनमा समेत प्रभाव परेको श्री नेपाल राष्टि«य माद्यमिक विद्यालय गोडियाना,  राजापुरका प्रधानाध्यापक शिव प्रसाद कोईरालाले बताए । विद्युत अनियमित हुँदा गर्मिका कारण विद्यार्थीहरु कक्षा कोठामा बस्न नमान्ने गरेको अनुभब कोईरालाले सुनाए ।

प्रतिक्रिया दिनुहोस्: