वि.सं.   बुधबार, कार्तिक ७, २०७५   तदनुसार  24 October 2018

वडा अध्यक्षको घरबाट मोटरसाईकल चोरी

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, बैशाख ११, २०७५ ।    

मिन अधिकारी/राजापुर (बर्दिया) ।
राजापुर नगरपालिका  वडा नं–६ को कार्यालयको सरकारी सवारीसाधन चोरी भएको छ । वडा अध्यक्ष महेश कुमार चौधरीको घरमा राखेको  भे १ ब ९८८  नम्बरको मोटरसाईकल चोरी भएको हो ।

राती घरमा पार्किङ गरि राखिएको मोटरसाईकल चोरी भएको थाहा पाए पछी अध्यक्ष चौधरीले  ईलाका प्रहरी कार्यालय राजापुरमा खबर गरेको बताए । ईलाका प्रहरी कार्यालय राजापुरका निमित्त प्रमुख जय प्रकाश भट्टले आफुहरुले जानकारी पाएपछि खोजतलासका लागी आफुमातहका सम्पुर्ण निकायलाई खबरगरी खोजतलास  गरिरहेको  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: