वि.सं.   बुधबार, बैशाख १२, २०७५   तदनुसार  25 April 2018

बर्दियामा माटोको ढिस्कोले पुरिएर एकको ज्यान गयो, दुई घाईते

        प्रेम बुढा   |   प्रकाशित मिति: मङ्लबार, बैशाख ४, २०७५ ।    

ताराताल, बर्दिया ।
खन्दै गरेको माटोको ढिस्कोले पुरिएर बर्दियामा एकको ज्यान जानुको साथै दुई जना घाईते भएका छन । घर लिपपोत गर्ने माटो लिन गएका मधुवन नगरपालिका ५ वर्दिया की २५ वर्षिया गणेश शाहीको माटोको ढिस्को झर्दा पुरिएर मृत्यु भएको हो ।


उनीसँगै माटो लिन गएकी अन्य दुई जना महिला घाईते भएका हुन । घाईते हुनेहरुमा सोही ठाउँकी २१ वर्षिया सुर्जा शाही र २६ वर्षिया सुश्मिता विक रहेकी छन् । सुर्जा शाही गर्भवत्ती भएको र उनको खुट्टामा गम्भिर चोट लागेको कारण उनलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
सुश्मिता विकलाई भने सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घटनास्थल डाडे सामुदायिक बन भित्रको माटो खानीमा प्रहरी पुगेको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: