वि.सं.   शुक्रबार, भदौ ६, २०७६   तदनुसार  23 August 2019

बाँसगढी दुर्घटना : क्षतीपुर्ती दिने सहमती पछी अवरुद्द राजमार्ग खुल्यो

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, असार ३०, २०७६ ।    

बाँसगढी- उचित क्षतीपुर्तीको माग गर्दै स्थानिय सडकमै उत्रिएपछी पिडित पक्ष र बस व्यवसायी समिति विच सहमती भएको छ । विमा रकमको ५ लाख र थप ३ लाख पचास हजार गरी ८ लाख ५० हजार समितीले दिने सहमति भएपछि चक्का जाम खुलेको हो ।
बाँसगढीमा स्थानिय शिक्षकको ज्यान जानेगरि हिजो भएको सवारी दुर्घटनालाई गम्भिर रुपमा नलिएको भन्दै स्थानियले आज पुर्व पश्चिम महेन्द्र राजमार्गको बाँसगढी बजार खण्ड झन्डै सवा २ घण्टा अवरुद्द गरेका थिए ।
बाँसगढीबाट कोहलपुर हुँदै भन्सारका लागि छुटेको भे १ ख २८३६ नम्वरको माईक्रो बसले नेपालगन्ज जादै गरेका स्थानिय शिक्षक छोटेराम चौधरी सवार भे ४ प ७८४ नम्वरको मोटर साईकललाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...