वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

अबैध ब्रोईलर कुखुराको चल्ला नष्ट

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ ।    

दलबहादुर सुनार/बर्दिया ।

बढैयाताल गाउँपालिका–४, खैरेनी नजिकबाट साढे ४ लाख बराबरको  ५ हजार १ सय अबैध  ब्रोईलर कुखुराका चल्ला पशु क्वारेन्टाईन चेक पोष्ट बर्दियाले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ति टोली र कुखुरा पालक किसानको संयुक्त गस्ति टोलिले भे १ च २२४१ नम्बरको बोलेरो जिपबाट अबैध ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिएको हो ।

प्रहरीले चल्ला सहीतको गाडी नियन्त्रणमा लिई पशु क्वारेन्टाईन चेक पोष्ट बर्दियामा बुझाएको छ । अबैध चल्ला पशु क्वारेन्टाईन चेक पोष्टले अबैध ठहर गरी पशु क्वारेन्टाईन नेपालगंजका प्रमुख राम सेवक त्रिपाटी, प्रहरी र अन्य सरोकार वालाहरुको रोहबरमा नष्ट गरीएको पशु क्वारेन्र्टान चेक पोष्ट बर्दियाले जनाएको छ ।

नियन्त्रणमा लिएका गाडी चालक बढैयाताल-२, बस्ने नागेन्द्र सिह ठकुरीलाई ३५ रुपैँया हजार जरीवाना सहीत अबैध कुखुरा कहिल्यै नल्याउने प्रतिबद्धतामा छोडीएको पशु क्वारेन्टाईन चेकपोष्ट बर्दियाका प्रमुख अजय प्रताब शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: