वि.सं.   शनिबार, कार्तिक २, २०७६   तदनुसार  19 October 2019

आयुर्वेद सेवालाई स्थानीय स्तरमा लैजाने प्रतिबद्धता

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, असार १, २०७६ ।    

गुलरिया,बर्दिया।
बर्दिया जिल्लाका सबै स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवालाई प्रभावकारी र व्यवस्थित बनाउने जिल्लाका स्थानीय तहका प्रमुखहरुले प्रतिबद्धता जनाएका छन् । नेपाली परम्परागत औषधी उपचार पद्धतिका रुपमा रहेको आयुर्वेद स्वास्थ्य सेवालाई जिल्लाका ८ वटा तहमा व्यवस्थित र सहज उपचार सेवा विस्तार गरिने प्रतिबद्धता जनाएको हो ।
शनिबार बर्दियाको गुलरियामा आयोजित आयुर्वेद सम्बन्धि अभिमुखीकरण कार्यक्रममा नगरपालिका र गाउँपालिकाका प्रमुखले बजेट र सेवासुविधा विस्तार गरि प्राथामिकता दिने बताएका हुन् । बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको कार्यक्रममा ८ वटा तहकै प्रमुख, जिल्लाका सांसद र सरकारी निकायका प्रमुखहरुको सहभागीता रहेको थियो । मधुवन नगरपालिकाका मेयर गणेशबहादुर क्षेत्रीले आगामी आर्थिक बर्षमा आयुर्वेद उपचारलाई सहज बनाउन आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना, निशूल्क आयुर्वेद शिविर, योग तथा ध्यान तालिम र केन्द्र निर्माणमा बजेट विनिनयोजन गरिने बताए । उनले नगरपालिकामा आयुर्वेद अस्पताल निर्माणका लागि पहल गरिने प्रतिबद्धता जनाए । यस्तै कार्यक्रममा प्रमुख अतिथि सांसद संजयकुमार गौतम, विशिष्ट अतिथि सांसद तिलक शर्मा र सहायक प्रमुख जिल्ला अधिकारी ओमकाश शाहले पनि जिल्लामा आयुर्वेद उपचार पद्धतीलाई सरल, सजह र व्यवस्थित गर्न आवश्यक रहेको बताए । उनीहरुले जिल्ला र स्थानीय निकायमा आयुर्वेद उपचारको प्रचार प्रसार र नियमित स्वास्थ्य कार्यक्रम गर्न जरुरी रहेको बताए । सबैले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन ।
कार्यक्रममा बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. आलोक पाण्डेले आयुर्वेदमा बर्दियाको समग्र अवस्थाका बारेमा, नसर्ने रोगमा आयुर्वेदको भुमिका बारेमा प्रदेश ५ स्वास्थ्य निर्देशनायका कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. बुद्धिप्रसाद पौडेल र प्रदेश सरकार आयुर्वेद सम्बन्धि निति र कार्यक्रमको बारेमा समाजिक विकास मन्त्रालय प्रदेश ५ बुटवलका डा.कलावती विश्वकर्माले प्रस्तुती राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...