वि.सं.   शुक्रबार, मंसिर २७, २०७६   तदनुसार  13 December 2019

सांसद नमुनाको अध्यक्षतामा आमा गुमाएका चेलीहरुको संजाल गठन

        भगतराम थारु   |   प्रकाशित मिति: आइतवार, साउन २६, २०७६ ।    
Loading...

नेपालगन्ज (बाँके) – आमा गुमाएका चेलिहरुको आज नेपालगंजमा भएको भेलाले प्रदेश सांसद कृष्णा केसी नमुनाको अध्यक्षतामा १५ सदस्यीय आमा गुमाएका चेलीहरुको संजाल गठन गरेको छ । जसको उपाध्यक्ष किरण आचार्य, सचिवमा साबित्री गिरी, सहसचिवमा बिजया धिताल र कोषाध्यक्षमा तारा खत्री रहेका छन । त्यसैगरी सदस्यहरुमा लता शर्मा ,जयन्ती खत्री ,नारायणी रुपाखेती ,अक्षरी पोखरेल ,गणेशा कार्कि ,मिना मल्ल पुन ,सरस्वती मल्ल ,मैमुना सिद्धिकी ,रेखा गूप्ता र गिता राना रहेका छन । यो समितिले आमाको सम्झनामा सामाजिक काम गर्ने उद्देश्य राखेको छ । नवगठित तदर्थ समितिका अध्यक्ष कृष्णा केसी नमुनाले यो समिति नेपालमै पहिलो भएकाले सबै छोरी चेलिलाई समेटेर सामाजिक काममा अगाडी बढ्ने विश्वास ब्यक्त गरिन । कार्यक्रमा उपाध्यक्ष किरण कोईराला ,सचिव साबित्री गिरी लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्: