वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

सरकारका स्थापित र नयाँ पर्यटकिय गन्तव्यमा बर्दियाका ५ स्थान प्राथमिकतामा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, कार्तिक १७, २०७५ ।    

ठाकुरबाबा, बर्दिया।
नेपाल सरकारले बर्दियाका बिभिन्न ५ पर्यटकिय गन्तव्यहरुलाई आफ्नो प्राथमिकतामा राखेर प्रचार-प्रवर्धन तथा नयाँ बिकास गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सरकारको आ.व. ०७५/७६ को बजेट वक्तव्यको बुदाँ नं ११४ मा रहेको नेपालको पर्यटन प्रवर्धनको लागि नयाँ गन्तब्य पहिचान तथा बिकास गर्ने अठोट अनुरुप देशका १०० गन्तव्यहरु सार्वजनिक गरेको हो । बिहीवार सार्वजनिक गरिएको सो स्थापित तथा नयाँ गन्तव्यहरुको सुचीमा बर्दियाका ५ स्थानहरु परेका हुन ।


मन्त्रालयको स्विकृत वार्षिक कार्यक्रममा बर्दियाबाट परेका स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तब्यहरुमा बर्दिया राष्ट्रिय निकुन्ज, -डल्ला होमस्टे, -कृष्णसार संरक्षण क्षेत्र छन भने नयाँ तथा बिकास गरिनुपर्ने गन्तव्यहरु अन्तरगत ओमकेदारेश्वर धाम धार्मिक पर्यटकिय स्थल, बाँसगढी, र शिवमन्दिर धार्मिक पर्यटकिय स्थल, जोगिगाँउ परेका छन ।
मन्तालयले चालु आर्थिक वर्षमा स्विकृत वार्षिक कार्यक्रममा परेका यी पर्यटकिय गन्तव्यहरुलाई स्थापित गर्न पुर्वाधार निर्माणदेखी प्रचारप्रसार र प्रवर्धन गर्न विनियोजित बजेटबाट बाँडफाँड गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: