वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

बढैयातालमा मदिरा नियन्त्रण गर्न ‘लाइसेन्सको व्यवस्था’ गरिदै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, कार्तिक ९, २०७५ ।    

बाँसगढी, बर्दिया।
मदिरा सेवन,लागु पदार्थ दुर्व्यासनी तथा महिला हिंसा सम्बन्धी बढैयाताल गाँउपालिका वडा नं ५ को हल्लन चोकमा आज एक कार्यक्रम सम्पन्न भएको छ । गाँउ समाजमा खुल्ला रुपमा सुर्तिजन्यबस्तु, मदिरा सेवन जस्ता मादक पदार्थ बिक्रिबितरण भैरहेको हुनले बिभिन्न खालका भैmझगडाका उजुरी बढदै जानथालेपछी बढैयाताल गाउँपालिका र इलाका प्रहरी कार्यालय मैनापोखरले संयुक्त अभियान थालेको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक लक्ष्मण ओलीले बताए । हाल बढैयाताल गाँउपालिकाबाट जुवा तास खेल्दै गरेको अवस्थामा तथा लागुपदार्थ दुब्यवसनी सेवन गरेर, हो हल्ला गर्ने धेरैलाई कानुनी करबाही गरीरहेको समेत प्रहरी निरिक्षक ओलीले बताए । बढैयाताल गाँउपालिकाले मदिरा सेवन नियन्त्रण गर्नको लागि लाईसन्सन तयार परिरहेको र लाईसन्स तयार भैसकेपछि गाँउपालिकाले निश्चित समयमा, निश्चित ठाँउमा,निश्चित मात्रमा, निश्चित ब्यक्तिलाई बेचबिखन गर्ने प्रहरी निरिक्षक ओलीले बताए । कार्यक्रममा उपस्थित नागरीकहरुले घरपालुवा मदिरा मात्र रोकेर हुदैन बिदेशी मदिरा पनि रोक्ने माग गरेका थिए । वि सं २०५१ सालदेखि यो अभियानमा लागि परेको तर अन्य ब्यक्तिहरुबाट सहयोग नपएर यो अभियान सफल नभएको र अव गाँउपालिका, इलाका प्रहरी कार्यालय, नागरीक समाज, मिडिया लगायत सबैको सहयोगमा यो कार्यक्रम आफ्नो गाँउ ठाँउमा आँउदा आँफु धेरै खुसी भएको हल्लान चोकका नन्दलाल भट्टराईले बताए । त्यस्तै यो कार्यक्रम पहिले देखि नै आँफुहरुले सोँचेको र प्रहरीले यो कार्यक्रम लिएर आफ्नै घर दैलोमा आँउदा एकदमै खुसी भएको स्थानीय बिष्णु भण्डारीले बताए । बढैयाताल गाँउपालिका वडा नं ५ का अध्यक्ष राम सिंह थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओली,बिशेषअतिथी मैनापोखर इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक बसन्त कुमार बस्नेत, जनप्रतिनिधि राजनितिक दल,बरघर, युवा,महिला, पत्रकार लगायतको उपस्थिति रहेको बाँसगढीबाट अनोज थारुले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्: