वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

कैलालीमा सवारी दुर्घटना

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, अशोज ३१, २०७५ ।    

सुखड, कैलाली ।

कैलालीको बर्दगोरीया गाउपालिका वडा नं. १ कट्टीपुरमा बुधबार बिहान बस र कार एक आपसमा ठोक्किदा ७ जना घाइते भएका छन । पुर्वबाट पश्चिम तर्फ आईरहेको ना ५ ख १८९ नम्बरको बस र बिपरित दिशाबाट गईरहेको एच.आर.१२ ए.ई.०४७६ भारतिय नम्बर प्लेट भएको कार एक आपसमा ठोकिएको बताईएको छ ।

दुर्घटनामा चालक सहित कारमा सवार ६ र बसमा सवार १ गरी ७ जना घाईते भएका छन । घाईते हुनेहरुमा पाडीणी गाउपालिका ५ अर्घाखाचिकी ३५ बर्षकी गिता नेपाली, सोही ठाउका ४२ वर्षका हेमन्त भुसाल, वर्ष १० का युवाराज नेपाल, बर्ष ९ का माधव नेपाल, बनदगंगा नगरपालिका २ जितपुर कपिलबस्तुका ४२ बर्षका बिजय ढुंगाना, सोही ठाउका ३९ वर्षका कार चलाक धनपत गैरे र कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुका बसमा सवार अन्दाजी ४२ वर्षका लक्षमण जोशी रहेका छन । सात जनाकै अवस्था सामान्य रहेको र बर्दगोरीया अस्पताल बौनियामा उपचार भईरहेकोे ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले जानकारी दिएको छ । बस र कार प्रहरीको नियण्त्रणमा छन ।  तिब्र गतीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।    

प्रतिक्रिया दिनुहोस्: