वि.सं.   मङ्लबार, फाल्गुन १३, २०७६   तदनुसार  25 February 2020

कतर्नियाको बबई पोलिक्लिनिकमा प्रशासनको तालाबन्दी

        छापाबाट   |   प्रकाशित मिति: मङ्लबार, अशोज ३०, २०७५ ।    
Loading...

गुलरिया, बर्दिया ।

बर्दियाको एक पोलिक्लिनिकमा जिल्ला प्रशासन कार्यालय बर्दियाले तालाबन्दी गरेको छ। जिल्ला प्रशासन कार्यालय बर्दियामा दिइएको उजुरीको आधारमा अनुगमनका क्रममा क्लिनिक मापदण्ड विपरित भेटिएपछि तालाबन्दी गरिएको हो।

जिल्ला प्रशासन कार्यालय बर्दियाबाट खटिएको अनुगमन टोलिले बारबर्दिया नगरपालिका- ९ कर्तनियास्थित बबई पोलिक्लिनिकमा तालाबन्दी गरेको हो।

पोलिक्लिनिक दर्ता गरेको व्यक्ति फार्मेसीमा नबसेको, म्याद गुज्रिएको औषधि बिक्री गरेको, कर्मचारीसँगको सम्झौता नभएको, कर्मचारीको काउन्सिलमा दर्ता नरहेको पाइएपछि फार्मेसीमा ताला लगाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए । अन्नपूर्णमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: