वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

गुलरिया-मुर्तिहा नाका सञ्चालन गर्न कुटनितिज्ञद्वारा सिमा अवलोकन

        छापाबाट   |   प्रकाशित मिति: शनिबार, अशोज २०, २०७५ ।    

कमल पन्थी/बर्दिया ।

भारतीय दूतावासका प्रथम सचिव प्रवजित सिंह गुलाटीले बर्दियाको नेपाल-भारत सीमा अवलोकन गरेका छन् ।  गुलरिया उद्योग वाणिज्य संघको आग्रहमा उनले सिमा नाका अवलोकन गरेका हुन ।

संघका द्वितिय उपाध्यक्ष मनोज यादवले गुलाटीले नाका चाँडै सञ्चालनमा ल्याउन पहल गर्ने उल्लेख गरेको बताए ।  सो नाकाको गुलाटीले आधा घण्टा अवलोकनका साथै  छलफल गरेका थिए ।  गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले मायाको चिनो दिएका थिए ।  सन् २००९ अक्टोबर २७ तारिखमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणका क्रममा नाका सञ्चालन गर्ने सम्झौता भएको थियो ।

अहिलेसम्म नाका नखोलिएपछि उद्योग वाणिज्य संघको आग्रहमा गुलाटी यहाँ आएका हुन । पूर्वप्रधानमन्त्री नेपालको भ्रमणका क्रममा ५ वटा नाका सञ्चालन गर्ने सम्झौता भएको थियो ।  त्यसमा महेशपुर ठुटिबारी, सिक्टा, लुक्हा र मुर्तिहा नाका थिए ।  मुर्तिहाबाहेक अन्य सबै नाका सन्चालनमा अाईसकेका छन् ।  नेपालसँग जोडीएको भारतीय सीमामा आरक्षको जंगल रहेको छ ।  आरक्ष रहेको जनाउदै भारतीय  पक्षले यो नाका सञ्चालनका लागि जग्गा उपलब्ध गराउन चासो देखाएको छैन । 

गुलरिया-मुर्तिहा नाका सञ्चालनका लागि दबाब

यातायातका दृष्‍टिले सहज गुलरियालाई मूल भन्सार बनाउन लामो समयदेखी पहल भैरहेको छ ।  गुलरिया तर्फको भन्सारको सवै प्रकृया पुरा भएपनि भारत तर्फ ढिलाई भएको बर्दिया भन्सार कार्यालय प्रमुख ओपेन्द्र हमालले बताए ।  सीमा शुल्कले वन कार्यालयसँग ४ हजार ५ सय वर्ग किमि जग्गा माग गरेको छ ।  ‘भारतीय  सीमा शुल्कले जग्गा उपलब्ध गराउन वन संरक्षण (वन्य जीव) लाई पत्राचार गरेको धेरै भयो ।’ संघका उपाध्यक्ष यादवले भने, ‘तर भारतीय वन अधिकारीले हालसम्म कुनै वास्ता गरेका छैनन् ।’ आरक्ष भएको जंगलभित्र सिमा सुरक्षा बल (एसएसबी) को क्याम्प रहेको छ ।  केन्द्र सरकारले नेपाल भारतबिच भएको दुई पक्षीय सम्झौता बमोजिम मुर्तिहामा नाका थप्न निर्देशन दिए अनुरुप सबै प्रकृया पुरा भएको छ । 

नाका सञ्चालन नभएका कारण  यहाँका व्यवसायी सिमामा खटिएका प्रहरी सिमा सुरक्षा बल र एसएसबीको कडाइले मर्कामा पर्दै आएका छन् ।  छोटो नाका नभएकाले ढुवानी खर्च बढी लाग्छ ।  बाकेको सिमवर्ती रुपैडिया नाकाबाट सामान ल्याउनुपर्ने बाध्यता रहेको स्थानिय व्यापारीले बताए ।  लामो समय बितिसक्दा पनि सरकारले भारतीय अधिकारीसँग नाका सञ्चालनका लागि कुनै चासो नदिएकाले ढिलासुस्ती भएको हो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: