वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

जिल्ला कारागार बर्दियाका कैदीको निशुल्क एचआईभी परिक्षण सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, अशोज १९, २०७५ ।    

दुर्गा आचार्य, गुलरिया।
जिल्ला कारागार बर्दियाका कैदिवन्दीले शनिवार निशुल्क रुपमा एचआईभी परिक्षण गराएका छन । ‘परिवर्तनका लागि हामी’ भन्ने सस्थाको आयोजना र सहयोगि हात नेपालले रक्त परिक्षणका लागि सहजीकरणमा एचआईभी परिक्षण गरिएको सस्थाका कार्यक्रम संयोजक बिक्रम खरेलले बताए ।
कारागारमा वन्दी जीवन विताई रहेका कैदिवन्दीहरुले पनि आफ्नो स्वास्थ्यको वारेमा जानकारि पाई आफ्नो शरिरमा एचआईभीको भाईरस छ कि छैन भनि थाहा पाउन  भन्ने उद्धेश्यले कार्यक्रम कारागारमा संचालन गरिएको बताईएको छ ।
१ सय २१ जना पुरुष र १३ जना महिला गरी १ सय ३४ जनाले रक्त परिक्षणबाट कारागार भित्रनै एच.आईभी. परिक्षण गराएको आयोजकले जानकारी गराएको छ । जिल्ला कारागार गुलरियामा २ सय २५ पुरुष, १३ महिला र  १ नावालक गरि २ सय ३९ जना कैदिवन्दी रहेको निमित्त जेलर नारायण प्रसाद पोखरेलले वताए । एचआईभी परिक्षणका लागि जिल्ला प्रशासन कार्यालय बर्दियासंग अनुमति लिइएको आयोजकले वताएको छ ।

प्रतिक्रिया दिनुहोस्: