वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

चालकहरुको आन्दोलन फिर्ता, गाडीहरु चल्न थाले

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शनिबार, अशोज ६, २०७५ ।    

काठमाडाैं ।
भदौ १ गतेदेखि लागू भएको नयाँ ऐन संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका गाडी चालकले आन्दोलन फिर्ता लिएका छन् । सरकार र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच ८ बुँदे सहमति भएपछि चालकहरुले आजैदेखि गाडी चलाउन थालेका हुन् ।
दुर्घटनामा मानवीय क्षति भए चालकलाई कडा कारबाही हुने व्यवस्था भएको भन्दै त्यो व्यवस्था संशोधनको माग राखी चालकहरु आन्दोलनमा उत्रिएका थिए ।
कानुन संशोधनका लागि पहल गर्ने, गाडी दुर्घटना भएमा चालकको लापरवाही रहे नरहेको छानबिन गर्न समिति गठन गर्ने लगायतका सहमति भएको हो । सहमति पछि सरकारले आन्दोलनका क्रममा पक्राउ परेका सबै चालकलाई रिहा गरेको छ ।
चालकहरुले पनि गाडी चलाउन थालेका छन् । यसअघि चालकहरुले गाडी नचलाउँदा लामो दूरीका यात्रुलाई समस्या परेको थियो। उज्ज्यालोबाट

प्रतिक्रिया दिनुहोस्: