वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

गाडी नचल्दा यात्रु दोहोरो मर्कामा : एक गाडी चल्दैन, चले डबल भाडा !

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शुक्रबार, अशोज ५, २०७५ ।    

भावुक योगी/भुरिगाउँ(बर्दिया)।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन गर्दै गाडी दुर्घटनामा यात्रुको ज्यान गए चालकले जेल जानुपर्ने कडा व्यवस्था गरेको भन्दै चालकले गरेको आन्दोलनका कारण यात्रुहरु मर्कामा परेका छन । चार दिनदेखि निरन्तर लामो तथा छोटो दूरीका गाडी नचल्दा कामका शिलशिला यात्रा गर्नुपर्ने यात्रुहरु मर्कामा परेका हुन ।
चालकले मंगलबारदेखि आन्दोलनको घोषणा गरेपछी साँझ र विहानमा लामो दुरीका सवारी साधन छिटपुट रुपमा चलेपनी छोटो दुरीका सवारी साधन नचल्दा बाँके, बर्दिया सहित पश्चिम क्षेत्रका यात्रुहरु मर्कामा परेका छन । गाडी नचल्दा राजमार्गसंगै सदरमुकाम जोड्ने हुलाकी सडक पनि सुनसान छ ।
मंगलबारदेखि आजसम्म लामो दूरीका गाडी केही चलेपनि छोटो दुरीका सवारी साधन चल्न सकीरहेका छैनन् । छिटपुट रुपमा चलेका सवारी साधनले दोब्बर तेब्बर भाडा असुली गरेको समेत गुनासो आउने गरेको प्रहरीले जनाएको छ ।
पुर्व पश्चिम राजमार्गमा चल्ने सवारी साधनले बन्दको मौका छोपी यात्रुबाट दोब्बर भन्दा बढी भाडा असुली गरेको गुनासो प्रहरीमा आएपछी प्रहरीले १६ जना यात्रुको बढी रकम फिर्ता गराएको छ ।
नेपालगंजबाट पश्चिम तर्फ बर्दियाको भुरिगाँउ, कैलालीको लम्की, अतरीयासम्म जाने यात्रुहरुबाट दोब्बर भन्दा बढी भाडा असुली गरेको गुनासो आएपछी इलाका प्रहरी कार्यालय भुरीगाँउले यात्रुबाट लिएको बढी रकम फिर्ता गराएको हो ।
नेपालगंज र कोहलपुरबाट भुरिगाँउसम्म आउने यात्रुहरुबाट ३ सय रुपैँया लिएको नैने बिकले गुनासो गरे । कैलाली लम्कीकी पुजा हमालले नेपालगंजबाट लम्कीसम्म एक जनाको २३० रुपैँया भाडामा आईन्थ्यो, तर आज २ जनाको भाडा एक हजार तिर्नु परेको दुखेसो सुनाईन ।
नेपालगंजबाट भुरीगाँउसम्म १७० रुपैँया भाडादर छ । यस्तै कैलालीको अत्तरीयासम्म ३९०, लम्कीसम्म २३० भाडादर तोकीएको छ । तर भुरिगाँउसम्म ३०० रुपैँया, लम्कीसम्म ५००, कैलालीको अत्तरीयासम्म ८०० रकम असुली गरीरहेको पाईएको प्रहरीले जनाएको छ ।
यात्रुबाट बढी रकम लिएको भे १ ज ६९४ नम्बरको उइङ्गर सवारी साधनलाई इलाका प्रहरी कार्यालय भुरीगाउँमा राखेर १६ जना यात्रुको रकम फिर्ता दिलाईएको र सवारी साधनलाई कारबाही स्वरुप जरिवाना तिराईएको ईप्रका भुरिगाँउका प्रहरी निरीक्षक प्रदिप कुमार डिसीलेले जानकारी दिए ।


यात्रुहरुबाट लिएको बढी रकम फिर्ता दिलाएर, कारवाही स्वरुप जरिवाना तिराईएको र यात्रुहरुलाई गन्तव्य सम्म पुर्याउन समेत पठाईएको प्रहरी निरीक्षक डिसीले बताए ।
सवारी साधनले दोब्बर भन्दा भाडा लिईरहेको गुनासो आएपछी ईप्रका भुरीगाँउले सवारी साधन छडके रुपमा चेकजाँच पनि सुरु गरेको छ । कुनैपनि सवारी साधनले यात्रुबाट बढी मागेमा नदिन हुन र बढी भाडा लिएको भएमा तुरुन्त प्रहरीमा खबर गर्न समेत ईप्रका भुरिगाँउले अनुरोध गरेको छ ।
सवारी साधनले दोब्बर भाडा लिएको गुनासो आएमा ट्राफिक प्रहरी खटाउने र बढी रकम लिएको पाईए यात्रुलाई रकम फिर्ता गर्न पठाएर सवारी साधनलाई कारबाही गरीने प्रहरीले जनाएको छ । नेपालगंजबाट भुरिगाउँसम्म १७० रुपैँया, कोहलपुरबाट १४० भाडा लिईरहेको भेरी यातायात प्रा.ली. भुरीगाँउ शाखा काउण्टरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: