वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

‘जीवन जिउने कला’ सिक्दा विद्यार्थीहरु धरधरी रोएपछि…

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, अशोज ५, २०७५ ।    

ठाकुरबाबा, बर्दिया ।
ठाकुरबाबा नगरपालिका जुडपानीका किशोरावस्थाका रामशरण थारु (नाम परिवर्तन) ले केही महिना अघि आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । कारण- प्रेममा असफल,  डिप्रेसन । त्यस्तै केही समयको अन्तरालमा सोही प्रकृतिका घटना नेउलापुर र गोबिन्दपुरमा पनि दोहोरियो ।
पछिल्लो समय यी र यस्तै सामान्य तर भयानक करणले बर्दियामा किशोरावस्थाका छात्रछात्राहरु बरालिने, कुलतमा फस्ने, बिचैमा पढाई छाड्ने, डिप्रेसनको सिकार हुने, र आत्महत्या गर्नेसम्मको हर्कत दोहोरिएका छन भने युवा अवस्था र प्रौढ अवस्थाका प्राय: आममनिसहरु मानसिक तनावमा जिन्दगी जिउने गरेको स्वास्थ्यकर्मी तथा सम्बन्धित विज्ञहरु बताउछन ।


यसै सन्दर्भमा शुक्रबार हिमालय आधारभुत विद्यालय, बगनाहामा किशोरकिशोरीहरुका माझ “द आर्ट अफ लिभिङ अर्थात् जीवन जिउने कला” प्रस्तुत गरिएको छ । लामो समयदेखी बर्दिया लगायत देशैभरी जीवन जिउने कला सिकाउदै हिंडेका गुरु कन्चन घिमिरेले सन्चालन गरेको ३ घण्टे अवधिमा सहभागी झन्डै १०० जना विद्यार्थीहरु उत्साही देखिन्थे । बिभिन्न सफलताका कथा, प्रेरक वाणीहरु र टेक्निकहरुका माध्यमबाट सन्चालन गरिएको सो तालिममा विद्यार्थीहरुले आफु कसरी जिउनेका अलावा कसरी पढ्ने, के गर्ने के नगर्ने, स्मरण शक्ती कसरी बढाउने, दिमागको सही उपयोग कसरी गर्ने, किशोरअवस्थामा हुने शरीरिक आकर्षण र विकर्षण, कुलतबाट बच्ने उपायहरु सिकेका थिए । ३ घण्टे अवधिमा कक्षा ७ र ८ मा अध्ययनरत छात्रछात्राहरु कही बेस्सरी हाँसे भने कही धुरुधुरु रोएर कक्षा सम्हाल्न हम्मेहम्मे परेको थियो । विद्यार्थीहरुलाई जब उनिहरुले घर र स्कुलमा गुमाएको समयको बारेमा ज्ञात गराईयो, जब आफ्नो लागि मरिमेट्ने आमाबुवाको स्मरण गर्न लगाईयो, उनिहरुले दिलदेखी यसरी अनुभुत गरेकी आँशु थाम्न सकेनन, आफुहरुले ठुलो भुल गरेको बताए । र प्रयाश्चित गर्दै आफुहरु सही मार्गमा हिंड्ने प्रतिबद्द्ता समेत जाहेर गरे ।


आर्ट अफ लिभिङ अन्तर्गतका आर्ट एक्सेल (७-१४ वर्षका लागि), एस स्किल (१३-१७ वर्षका लागि), ह्याप्प्निनेस कार्यक्रम (१८-७० उमेरसमुहका लागि) र सहज समाधी-मेडिटेसन लगाएतका बिभिन्न कार्यक्रम सन्चालन गर्दै बर्दियाको फन्को मारेका गुरु कन्चन घिमिरेको ठाकुरबाबा नगरपालिकाका विभिन्न स्थान र स्कुलहरुमा दर्जनौँ कक्षाहरु सम्पन्न भईसकेका छन भने धेरैले आफ्नो जीवन परिवर्तन गरेका छन । डिप्रेसनमा परेका विद्यार्थीदेखी देखी मानसिक तनावले प्रताडित शिक्षक, वकिल र प्रशासकहरु आर्ट अफ लिभिङको कक्षा लिईसके पछी उनिहरुको जीवनमा सकारात्मक परिवर्तन भएको अनुभव सुनाउदा आफुलाई गर्वको महशुस हुने गुरु कन्चन घिमिरेले बताए ।
प्रशिक्षणमा विद्यार्थीहरुसंग बोल्दै वडा नं ३ का वडाध्यक्ष श्रीकृष्ण थारुले आफुहरु विद्यालय र विद्यार्थीको सन्दर्भमा सदैब सकारात्मक रहेकाले कुनै समस्या परिआए तुरुन्त खबर गर्न अनुरोध गरेका छन । त्यस्तै पढाईको बिषयमा विद्यार्थीहरुलाई कुनै समस्या भए आफ्नो तर्फबाट अतिरिक्त कक्षा सन्चालन गर्नु परेपनि तयार रहेको जानकारी गराएका थिए । यो समय पढ्ने लेख्ने भएकाले कुनैपनी कुलतमा नफसी सबैको आदरसम्मान गर्दै तनमन लगाएर पढाईमा उत्कृष्ठ नतिजा ल्याएमा पुरस्कृत समेत गर्ने घोषणा गरेका थिए ।
प्रशिक्षणमा गुरु कन्चन घिमिरे, वडाध्यक्ष श्रीकृष्ण थारु, हिमालय आधारभुत विद्यालयका सहायक प्रधानाध्यपक चुडमणी अर्याल, श्रेष्ठ समनश्री, स्थानिय व्यवसायी देवीराम थारु लगायतको उपस्थिती थियो ।

भिडियोको हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्: