वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

भारतीय जंगलमा मृत र घाईते अवस्थामा नेपाली फेला

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०७५ ।    

“दुईको अवस्था अझै अज्ञात

मिन अधिकारी/राजापुर,बर्दिया।
हराईरहेका भनेका बर्दिया राजापुर नगरपालिकाका वाड नं।६ का चार जना मध्य दुई जना फेला परेका छन । भारतीय जंगलमा हराइरहेका ४ जना नेपाली मध्ये १ जनाको मृत्यु भएको अवस्थामा र अर्का एक घाईते अवस्थामा फेला परेका हुन भने बाँकी २ जनाको अवस्था अझै अज्ञात रहेको छ ।
हराएका ४ जना मध्ये ४२ वर्षिय ईन्द्र वहादुर चौधरी हाउले जंगली जनावरले खाएको क्षत-विक्षत अवस्थामा भेटिएका हुन भने ४० वर्षे गोपाल चन्द घाईते अवस्थामा भेटिएका हुन । अन्य दुई करिव वर्ष ४०/४२ वर्षका विरेन्द्र शाह र वाल कृष्ण थारु वेपत्ता छन् ।
राजापुर नगरपालिका वडा नं। ६ महुवा र वढा नं। १० कर्मोहनी घर भएका उनिहरु शिकार खेल्न भारतीय जंगल गएको बुझिएको छ । गत भाद्र ७ गते शिकार खेल्न गएका उनिहरु नफर्के पछि आफन्तले भाद्र १० गते खोज अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय राजापुरमा निवेदन दिएका थिए ।
भारतीय बहराहिज जिल्ला सुजौली थानाका प्रहरी, निरिक्षक अफसर प्रवेज भारतिय एस एस पीको सहयोगमा भारतिय जंगलमा खोजतलास गरेपछि ईन्द्र वहादुर चौधरी हाउलेले लगाएको कपडा आफन्तले चिनेका थिए । भारतीय सिमा कतनिया जंगलमाभित्रको ५ किलो मिटर पर लाश भेटिए हो । मृतक नेपाली भएपनि लास भारतिय जंगलमा भेटिएकाले भारतीय प्रहरीले पोष्टमार्टमका लागि भारतको बहराहिजमा लगेको छ। मृतक चौधरको सब पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाउने र रिपोर्ट नेपाल प्रहरीलाई ५ दिन भित्र बुझाउले भारतीय प्रहरी, निरिक्षक अफसर प्रवेजले बताए । पोष्टमार्टमको रिपोट आएपछि रिपोटको आधारमा बाँकी कानुनी प्रकृया अगाडि वढाउने ईलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी तिलक भारती तयारी गरिएको जानकारी दिए।
भरतीय जंगलमा नेपाली नागरीक हराएको सुचना आएपछि ईलाका प्रशासनका प्रमुख कृष्ण प्र गौतमसहित ईलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी तिलक भारती, वडा नं-६ का वडाध्यक्ष महेश चौधरी, शसस्त्र प्रहरीको टोली, पत्रकार मिन अधिकारी, बिक्रम कायस्थ, स्थानीयबासी र भारतिय एस एस पी भारतीय प्रहरी टोलीले खोजतलासमा संलग्न थियो। ।

प्रतिक्रिया दिनुहोस्: