वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

लागुपदार्थ सेवन गर्दै गरेका दुई युवक मधुवनबाट पक्राउ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, भदौ २, २०७५ ।    

मधुवन, बर्दिया ।
बर्दियाको मधुवन नगरपालिकाबाट लागुपदार्थ सेवन गर्दै गरेका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सानोश्री र ससस्त्र प्रहरी सानोश्रीको संयुक्त टोलीले टिसियनफाटासंग जोडिएको सामुदायिक वनबाट उनिहरुलाई लागुपदार्थको पोका सहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सानोश्रीका प्रहरी नायब निरीक्षक गणेसमान खड्काका अनुसार पक्राउ पर्नेहरुमा मधुवन नगरपालिका-६ का करुण खडका र मधुवन नगरपालिका- ८ अमृत थापा रहेका छन ।
उनीहरुलाई लागुपदार्थ ओसारपसार, बिक्रीवितरण र सेबन कार्यमा संलग्न रहेको  प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालाई हिरासतमा राखेर थप अनुसन्धान सहित कारवाही प्रक्रिया अघि बढाई सकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: