वि.सं.   बुधबार, अशोज २९, २०७६   तदनुसार  16 October 2019

गुलरियाको कृष्ण ड्रिकिङ वाटर एन्ड वेभ्रेज उद्योगमा शिलबन्दी

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, भदौ १, २०७५ ।    

लक्ष्मण ढुंगाना/बर्दिया ।
पछिल्लो समय बजार अनुगमनलाई तीब्रता दिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले सदरमुकाम गुलरियामा पानी उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको कृष्ण ड्रिकिङ वाटर एन्ड वेभ्रेज उद्योगमा बुधबार सिलबन्दी गरेको छ ।
उद्योगबाट उत्पादित अक्वा नेक्टर ब्रान्डको प्रसोधित पानीको बोतलमा परिमाणमा कमी र खाली बोतलको तौलमा तोकिएको मापदण्ड नदेखिएको परीक्षण प्रतिवेदनका आधारण शिल गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
उद्योगलाई कालो बजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ अन्तगर्त कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी महेन्द्रजंग शाहीले बताए ।
त्यस्तै बाँकेको सितापुर १ स्थित खड्का उद्योग प्रालिबाट उत्पादित मम ब्रान्डको पानीको खाली बोतलको तौलमा तोकिएको मापदण्ड नदेखिएको हुँदा सो उद्योगलाई आवश्यक कानूनी कारबाही गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्राचार गरेको उनको भनाइ छ ।
संयुक्त बजार अनुगमन टोलिले साउन २४ गते बजार अनुगमनका क्रममा विभिन्न ६ वटा कम्पनीबाट उत्पादित पानीका नमुना परीक्षणका लागि गुणस्तर तथा नापतौल विभागमा पठाएको थियो ।
विभागको क्षेत्रीय कार्यालय नेपालगंजले मंगलबार पठाएको परीक्षण प्रतिवेदनका आधारमा कार्वाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...