वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

बर्दिया जिल्लाको नाम ‘बर्दिया’ कसरी रह्यो ? जिल्लाको विशेषता सहित

        बअ सम्बाददाता   |   प्रकाशित मितिः शनिबार, अशोज २२, २०७३     ::: 15334 पटक पढिएको   |  


आफ्नो छुट्टै परिचय र पहिचान बोकेको मध्य र सुदुर पश्चिमकै मुलद्वारको रुपमा रहेको बर्दिया जिल्ला मौलिकता, सांस्कृति बिबिधता र प्राकृतिक सुन्दरता भएको रमणीय जिल्ला हो । बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्न भण्डारको रुपमा पनि चिनिन्छ।
मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको दक्षिण पश्चिममा पर्ने यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तरी प्रदेश पर्दछ। यस जिल्लाको क्षेत्रफल २०२५ वर्ग कि. मि. मध्ये अधिकांस भु-भाग (६८.७६%) तराईको समतल जमिनले ओगटेको छ भने बाँकि भाग (३१.२७%) चुरे पर्वत पर्दछ। पहिले आदिवासी थारुहरुको बहुल्यता रहेको यो जिल्लाम पछिल्ला दिनहरुमा वाहय जिल्लाहरुबाट बसाई सराई गरि आउनेको चापले गर्दा जातिय विविधता रहेको छ।
वि.स.१९१४ मा भारतमा भएको सिपाही विद्रोहको  समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले ईष्ट ईण्डिया कम्पनिलाई सहयोग गरेवापत वि.स. १८७३ को सुगौली सन्धिबाट गुमेको भु-भाग मध्य पुरस्कार स्वरुप वि.स. १९१७ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपरोत्त बर्दिया लगाएत का जिल्लाहरुलाई नयाँ मुलुकको रुपमा चिनिन्छन। यस जिल्लालाई बदैया तालको जिल्ला, राजा राज हातिको जिल्ला , थारु वहुलको जिल्ला, जंगलै जंगलको जिल्ला, कृष्णसारको जिल्ला, पन्टुन पुलको जिल्ला तथा कर्णालि पुलको जिल्लाको नामले पनि चिनिन्छ ।  कमैया प्रथाले उत्पन्न गरेको भुमिहिनता यो जिल्लाको मुख्य समस्यको रुपमा रहेको छ।
यस जिल्लाको नाम बर्दिया रहनुको पछाडी विभिन्न जनश्रुति, धर्मिक एंव पौराणिक आख्यानहरु रहेको पाइन्छ । ति मध्य केहि यस प्रकारको छन:-
१) स्थानिय थारुभाषामा गाई गोरुलाइ वलिबर्द भनिने र याँहाको गाई गोरु राम्रो मटाघाटा र बलिया हुनेहुदा यो ठाँउलाई वलिबर्द भनिएकोमा पछि अपभ्रंस भई बर्दिया भएको र यसै आधारमा जिल्लाको नामकरण गरियको मानिन्छ ।ऐश्वर्य र सवृद्धको प्रतिकका रुपमा रहेको गोरुलाइ संस्कृत भाषामा पनि वलिबर्द नै भनिन्छ।
२)पदनाह गा.वि.स.मा वारवर्दिया भन्ने गाँउ छ, पहिले यसै ठाँउमा हरिहर राजाको दरबार थियो। वारवर्दियामा खेतिको लागि उन्नत जमिन भएको कारण बाहिरबाट बसाई सराई गरी यसै ठाउँमा आउन थाले र यो ठाउँ प्रसिद्ध हुन थाल्यो, अन्तमा यसै ठाउँको नामबाट बर्दिया जिल्ला नामाकरण रहन गएको हो भन्ने भनाई छ।

३)थारु भाषामा गाईगोरु पाल्नेलाई वर्दवा भनिन्छ। वर्दिया जिल्लामा गाईगोरुलाई प्रशस्त चरण क्षेत्र भएकोले धेरै गाई गोरु पाल्ने र वर्दवाहरु धेरै बसोबास गर्ने भएकाले पछि वर्दवा बाट अपभ्रंस भई बर्दिया जिल्ला नामकरण रहेको हो भन्ने पनि भनाई छ।
 
 
 त्यसैगरि  बर्दिया जिल्लाको पर्यटकीय सम्भावना तथा विशेषताहरुलाई हामी यसरी हेर्न सक्छौ :
 
१) नेपालकै सबैभन्दा लामो कर्णाली (गेरुवा) नदिमा बनेको कोठियाघाट सडक पुल (१०१५ मि.)
२) नेपालमै सबैभन्दा बढी पाटेबाघ, गोही , डल्फिन, गजराज तथा बिश्वकै दुर्लभ खर मयुर, सानो खर मयुर, सिम तित्रा, सारस, भुँडीफोर गरुड, उत्कोशी फ्याफ्याले, डांगर गिद्द, सानो खैरो गिद्द, सेतो गिद्द, सुन गिद्द, बोक्सी चिल, जीवहारा महांचिल, लघु महांचिल, राजहंचे, घेघरी घाँसे फिस्टो, बगाले बगेडी जस्ता चरा चुरुंगी तथा जीव जन्तु बिबिध प्रजाति रहेको ८९६ वर्ग मि. फैलिएको बर्दिया राष्ट्रिय निकुन्ज।
३) एसियामै १ खम्बाबाट पहिलोपटक निर्माण भएको कर्णाली चिसापानी सडक पुल।
४) बिश्वमै दुर्लभ मानिएको र प्राकृतिक रुपले संरक्षण भएको कृष्णसार।
५) पुरातत्वले महत्वपुर्ण र नेपाल सरकारबाट हुलाक टिकट प्रकाशन भएको ठाकुरबाबा मन्दिर, गणेश मन्दिर, सदाशिव मन्दिर, कोटाही मन्दिर, बागेश्वरी मन्दिर, कालिका मन्दिर, तरकेशोर मन्दिर जानकी मन्दिर आदी।
६) प्राकृतिक रुपले निर्मित, दक्षिण एशियाका चराचुरुंगीको क्रिडा स्थल, कमलको फुल जस्ता गुणले सम्पन्न र संरक्षण गरिएको १०५ बिगाहा क्षेत्रफलमा फैलिएको बढैया ताल।
७) प्राकृतिक रुपमा रहेको २०० बिगाहा क्षेत्रफलमा फैलिएको सतखोलूवा ताल।
८) जिल्लाको करिब ५३ प्रतिसत जनघनत्व रहेको थारु जाति, राजी, चेपांग, आदि बिबिध सांस्कृति।
९) अन्नको भण्डार |
१०) कुरिलो , घ्यु कुमारी जस्ता अनेक जडिबुटी।

श्रोत: जिप्रका तथा जिविस बर्दिया / तस्बिर: श्रेष्ठ समनश्री
प्रतिक्रिया दिनुहोस्: