वि.सं.   बुधबार, कार्तिक ७, २०७५   तदनुसार  24 October 2018

गुलरियाका नारायण प्रसाद श्रेष्ठको ‘भक्ति सन्देश’ भजन संग्रह विमोचित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, साउन २६, २०७५ ।    

बर्दिया अनलाईन/काठमाण्डौ ।
गुलरिया बर्दियाका नारायण प्रसाद श्रेष्ठको ‘भक्ति सन्देश’ भजन संग्रह विमोचन गरिएको छ । विविध समय र सन्दर्भमा रचिएका भजनहरुको संग्रह एक विशेष कार्यक्रमका विच काठमाण्डौको राधाकृष्ण गुरुकुलमा संयुक्त रुपमा विमोचन गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथी विदुषी माताजी सपनादेवी श्रेष्ठ,अतिथिहरु मुकुन्दनारायण उपाध्याय, पूर्व माननीय पदम बहादुर सापकोटा, किशोर कुमार गौतम, बर्दिया साहित्य समाजका सदस्य खगेश्वर गौतम, प्राध्यपक तिर्थराज शर्मा, ॐशान्तीका हरीप्रसाद पौड्याल, प्रह्लाद अर्याल, ॐनारायण श्रेष्ठ, चन्द्रकान्त पौडेल, चूरेका पूर्व शिक्षक ध्रुव बहादुर शाह, द्वारीका पौडेल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: