वि.सं.   शुक्रबार, भदौ १, २०७५   तदनुसार  17 August 2018

काठमाण्डौमा बर्दियाली तिज मिलन कार्यक्रम हुँदै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, साउन २६, २०७५ ।    

सौगात श्रेष्ठ/बर्दिया ।
बर्दियाली एकता समाजले काठमाण्डौमा तिज मिलन कार्यक्रम गर्ने भएको छ । हरेक वर्षजस्तै यस वर्ष पनि भदौ २ गते १ बजे बर्दियाली एकता समाजले चूरे पूर्वविद्यार्थी परिवारसंगको सहकार्यमा कार्यक्रम गर्न लागेको जनाएको छ ।
बर्दियामा जन्मघर भई आफ्नो कर्मघरमा गई सुसंस्कृत घर-परिवार बनाउँदै समाजमा एक उदाहरणिय बुहारी हैन चेली बनि बर्दिया र बर्दियालीहरुको मान, सम्मान र ईज्जत बढाउँदै गरेका हाम्रा चेलीहरु तथा आफना प्यारा माईतीबाट बिदा लिंदै हामी र हाम्रो घरलाई आत्मसाथ गरी स्वर्गमय बनाउने चेलीहरुमा हिन्दु नारीहरुको महान उत्सवमय पर्व जिवन्त संस्कृती हरितालिका तिजको पावन पलमा माईती र घरको आँगनबाट माया, सद्भाव र स्नेहमय बाढ्न यो तिज मिलन कार्यक्रम आयोजना गरिएको एकता समाजका अध्यक्ष शुभमान श्रेष्ठले बताए ।
तीज मिलन कार्यक्रममा बर्दियाली कलाकारहरुसंगै बर्दियाली महिला दिदीबहिनी, दाजभाइहरुको उल्लेख्य सहभागीता रहने जनाईएको छ । समाजले विशेष अवसर पारेर बर्दियालीलाई जोड्ने विविध कार्यक्रम गर्दै आएको छ ।

समाजले काठमाण्डौको कार्की पार्टी प्यालेस, सुकेधारामा हुने कार्यक्रममा सहभागी हुन नाम टिपाउनु पर्ने जनाएको छ । जसको लागि तलका ब्यतित्वहरुलाई संपर्क गर्न सकिने छ :
संयोजक:
रिता अधिकारी ९८५१२३६१०४
कार्यक्रम व्यवस्थापन :
जया भण्डारी ९८४१०१८१२४
सुमित्रा खनाल ९८४१६६४२७९
हिमाली गौतम ९८४१३९५२१७

विशेष सम्पर्क व्यक्तिहरु :
प्रेम थापा ९७५१०२७९९०
हेमदत्त देवकोटा ९८५१११५७४४
रजनी ज्ञवाली ९८५१०५९५३३
शुशिल राज शर्मा ९८४१३५९८६४
प्रविण राज गौतम ९८५१०५९८९०
विनोद निरौला ९८५१००९१५०

प्रतिक्रिया दिनुहोस्: