वि.सं.   सोमवार, अशोज ८, २०७५   तदनुसार  24 September 2018

गेरुवा गाउँपालिकामा सामुदायिक गाई उद्दार केन्द्र संचालनमा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, साउन २३, २०७५ ।    

मिन अधिकारी/राजापुर।
गेरुवा गाउँपालिकामा सामुदायिक गाई उद्धार केन्द्र संचालनमा ल्याईएको छ । छाडा छोडिएका गाई गोरुले किसानहरुको वाली नोक्सान गर्ने क्रम बढदै गएपछी गेरुवा गाँउपालिका वडा नं १ ओखरीया क्षेत्रमा मंगलवारदेखी सामुदायिक गाई उद्धार केन्द्र सञ्चालनमा ल्याईएको हो । पछिल्लो समय बर्दियाका मुख्य बजार तथा गाउँघरमा छाडा गाई गोरुका कारण समस्या भई रहेका वेला छाडा गाईगोरु व्यवस्थापनका लागि समुदाय स्तरवाटै थालनी गरिएको सामुदायिक गाई उद्धार केन्द्रलाई व्यवस्थापकिय सहयोग पुर्‍याइ रहेको र संचालनमा सहजता होस भनेर गेरुवा गाँउ पालिकाले पशु शाखा मार्फत गाउँपालिकाका ६ वटै वडाका प्रत्यक घर घरमा गई गाई तथा गोरुलाई ट्याग लगाउने कार्य गरिरहेको गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमवहादुर खत्रीले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्था समिति, मध्यवर्ती सामुदायिक वन, स्थानिय बडघर, कुलापानी चौधरी, बर्दिया राष्ट्रिय निकुन्ज बन्जरीया पोष्ट, तथा जनप्रतिनिधिहरुको सहमति र सहकार्यमा ओखरीयामा रहेको सामुदायिक वनको करीव ३० विगाह वन क्षेत्रको खाली क्षेत्रमा तारवार गरी गाई उद्धार केन्द्र संचालनको लागी क्षेत्र निर्धारणगरे पछी गाउँपालिकाको १२ लाख रुपैया वरावरको व्यवस्थापकिय सहयोगमा गाई उद्धार केन्द्र स्थापना गरिएको सामुदायिक गाई उद्धार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष जगत वहादुर चौधरीले बताए । उद्धार केन्द्रको ३० विगाह क्षेत्रफलमध्ये डेढ विगाह आवास दाना घरको रुपमा छुट्याई वाँकी क्षेत्रफल लाई नियन्त्रित चरिचरणको लागी छुट्टयाईएको अध्यक्ष थारुले स्पष्ट पारे । उनले भने “हामिले केहि दिन भित्रै सामुदायिक गाई उद्धार केन्द्रको संचालन कार्यविधी एवं विधान वनाएर यसलाई व्यवास्थित रूपले संचालन गर्छौ ।”वडा नं . १ , २ र ४ मा ट्याग लगाउने कार्य सकिएको बताउदै खत्रीले भने ” ट्याग लगाई सकिएका वडा हरुमा ट्याग नभएका छाडा गाई गोरु संकलन गरि पहिलो चरणमा गाई उद्धार केन्द्रमा राखिने छ ।” विधान र संचालन कार्य्विधी निर्माण भैसकेपछी सोही अनुसार सामुदायिक गाई उद्धार केन्द्र संचालन हुने खत्रीको भनाई छ । गाई उद्धार केन्द्रको व्यवस्थापकिय सहयोगमा गाउँपालिकाले कुनै कन्जुसाँई नगर्ने गाउँपालिका अध्यक्ष जमान सिंह केसीले प्रतिवद्धता व्यक्त गरेका छन । यसरी गाउँपालिकाको व्यवस्थापकिय सहयोगमा छाडा गाई गोरुको व्यवस्थापन हुने भएपछी पशु आतङ्क वाट आजित भएका गेरुवावासीहरु पशु आतङ्क कम हुने र आफ्नो वाली संरक्षण हुने कुरामा आशा पलाएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्: