वि.सं.   बुधबार, फाल्गुन ८, २०७५   तदनुसार  20 February 2019

बर्दियाका बस र टेक्टर समितिहरु खारेज

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, साउन १३, २०७५ ।    
Loading...
प्रेम बुढा/गुलरिया,बर्दिया।
बर्दियाका बिभिन्न सात वटा बस तथा टेक्टर समितिहरुलाई जिल्ला प्रशासन कार्यालय बर्दियाले खारेजी प्रकृया अघि बढाएको छ । प्रशासनले शुक्रबार गरेको निर्णय अनुसार जिल्ला भरिका यातायात व्यवसायसंग सम्बन्धित समितिहरु खारेज गर्न लागेको हो ।
खारेज हुने समितिहरुमा बर्दिया कृष्णसार यातायात व्यवसायी संघ गुलरीया, कुसुम्बादेवी यातायात व्यवसायी समिति सानोश्री,टेक्टर व्यवसायी समिति गुलरिया, ठाकुरबाबा टेक्टर समिति नेउलापुर,बर्दिया टेक्टर व्यवसायी संघ गुलरिया, बर्दिया टेक्टर व्यवसायी(वडाहरु फरक) गुलरिया र त्रिशक्ति टेक्टर समिति सानोश्री रहेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले जानकारी दिए ।
यसलाई सरकारले यातायात क्षेत्रको सिन्डिकेट हटाउने कदमको रुपमा हेरिएको छ । संस्था दर्ता ऐन २०३४ अनुसार जिल्लाका ७ वटा यातायात सम्बन्धि समिति खारेज भएका हुन । पछिल्लो समयमा अटो रिक्साहरु समिति बनाउने गरेको पाईएमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले बताए ।
साथै प्रशासनले जिल्लामा रहेका र गैर सरकारी संस्थाका रुपमा दर्ता भएका संघ संस्था मठमन्दिर, समिति, क्लव, बालगृह पुनःस्थापना गृह,चर्च नविकरण हुन ३५ दिने सूचना जारी गरेको छ । जिल्लामा रहेका संघ संस्थाले ३ बर्ष देखि नविकरण नगरी काम गरि रहेको भन्दै सूचना जारी गरेको हो । दिएको अवधीमा नविकरण नगर्ने संस्थालाई कारबाही गरिने प्रशासनले जनाएको छ ।

दबाबका कारण सच्याएको हुन सक्ने स्थानीयको आशंका

स्मरण रहोस,यातायात व्यवसायी समिति खारेज भएको भन्दै शुक्रबार जारी गरेका प्रेस विज्ञप्तिमा गलत सूचना पर्न गएको भन्दै प्रशासनले माफी मागेको छ । खारेज गरिने प्रक्रियामा जाने भएकोले समितिका चलअचल सम्पति प्रशासनमा दाखिला गर्ने गरी सूचना निकाल्नु पर्नेमा यातायात समिति खारेज भएको भन्ने सूचना पर्न गएको भन्दै माफी मागेको हो ।
प्रशासनले आफ्नो सामाजिक सञ्जालको आधिकारीक पेज मार्फत माफी मागेको हो । प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले सरकारको निर्णय अनुसार यातायात समितिको दर्ता नविकरणमा नहुने भएकोले अन्ततः खारेज हुने नै भए पनि शुक्रबारको विज्ञप्तीले प्रक्रिया नपुगेको जस्तो देखिने भएकोले विज्ञप्ति सच्याईएको दावी गरे ।
प्रशासनले आफैले जारी गरेको विज्ञप्तिलाई दबाबका कारण सच्याएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले प्रक्रिया पुरा गर्नु पर्ने भएकोले सूचना सच्याइएको बताए।
प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...